गुजरातमा प्रियंका गर्जन

हार्दिक पटेल कंग्रेस प्रवेश
सुरेशराज न्यौपाने

नयाँदिल्ली — विपक्षी भारतीय राष्ट्रिय कंग्रेसकी नवनियुक्त महासचिव प्रियंका गान्धी वाड्राले पहिलो राजनीतिक सम्बोधन गर्दै मोदी सरकारले ५ वर्षमा ‘खोक्रा आश्वासन मात्र बाँडेको’ आरोप लगाएकी छन् । 

भारतको गुजरातमा मंगलबार आयोजित चुनावी सभामा बोल्दै प्रियंकाको ‘किसानका समस्या, बेरोजगारी र महिला सुरक्षालगायतका जनताका मुद्दामा मोदी सरकार मूकदर्शक भएको दाबी गर्दै आगामी चुनावमा त्यसको हिसाब खोज्न मतदातालाई आग्रह गरिन् ।

‘सबै नागरिकको खातामा पन्ध्र लाख जम्मा गर्ने वाचा गरिएको थियो, सन् २०१४ मा त्यस्तो वाचा गर्नेलाई सोध्नुहोला’ भन्दै गान्धीले मोदी सरकारप्रति व्यग्यंसमेत प्रहार गरिन् । २०१४ को लोकसभा चुनाव प्रचारका क्रममा भारतीय जनता पार्टी (भाजपा) ले सरकारको नेतृत्व सम्हालेपछि विदेशमा रहेको कालोधन फिर्ता ल्याई नागरिकको खातामा १५ लाख भारुका दरले जम्मा गर्ने आश्वासन दिएको थियो ।

महासचिव प्रियंकाले भाजपाको त्यही आश्वासनप्रति व्यंग्य गरेकी हुन् । उनले गुजरातबाटै अंग्रेजविरुद्धको स्वतन्त्रको लडाइँ सुरु भएको, प्रेम र सद्भावना, अहिंसाको सन्देश प्रवाह विश्वव्यापी भएको हुँदा अहिले देशभर बगेको घृणाको हावालाई प्रेम र करुणामा बदल्न आवश्यक रहेको समेत बताइन् ।

कंग्रेसले २३ जनवरीमा गान्धी परिवारकै सदस्य प्रियंकालाई पार्टीको महासचिव नियुक्त गरेको थियो । उनलाई उत्तर प्रदेशको पूर्व क्षेत्र हेर्ने जिम्मेवारी दिइएको छ । प्रियंकामा उनकी हजुरआमा तथा भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको झल्को पाइन्छ । त्यही कारण पनि आजको उनको भाषणप्रति विशेष चासो राखिएको थियो ।

कंग्रेसले मंगलबारको आमसभामा प्रियंकाले भाषण गर्ने विषयलाई गोप्य नै राखेको थियो । त्यसैले पनि प्रियंकाको भाषण गर्ने भएपछि सबैले राजनीतिक वृक्तमा त्यसलाई विशेष चासोका साथ हेरिएको थियो ।

किनकि एक महिनाअघि नै महासचिव नियुत्त भए पनि उनले चुनावी आमसभालाई भने सम्बोधन गरेकी थिइन् । आफ्नो पहिलो सार्वजनिक भाषणका लागि प्रधानमन्त्री मोदीको गृह राज्यनै छनोट गर्नुलाई पनि गान्धीको राजनीतिक सुझबुझका रूपमा अर्थ्याइएको छ ।

सभालाई अध्यक्ष राहुल गान्धीलगायतका अन्य वरिष्ठ नेताले समेत सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्दै अध्यक्ष गान्धीले पनि मोदी सरकारले नोटबन्दी लागू गरेर साना तथा मझौला उद्योगलाई धराशायी बनाएको, रफाल लडाकु विमान प्रकरणमा भ्रष्टाचार गरेको र बेरोजगारी घटनाउन नसकेको आरोप लगाएका छन् । कार्यक्रममा पार्टीकी पूर्वअध्यक्ष सोनिया गान्धी, पूर्वप्रधानमन्त्री मनमोहन सिंहलगायत नेताहरु पनि थिए ।

आमसभामा २६ वर्षाीय सामाजिक अभियन्ता तथा गुजरातको पटिदार अनामत आन्दोलन समिति (पास) का संयोजक हार्दिक पटेल औपचारिक रूपमा कांग्रेस प्रवेश गरेका छन् । अध्यक्ष गान्धीले पटेललाई पार्टीमा स्वागत गर्दै आगामी चुनावमा जामनगर निर्वाचन क्षेत्रबाट चुनाव लड्नेसमेत घोषणा गरेका छन् ।

गुजरातमा चार वर्षअघि सुरु भएको पटिदार (पटेल) समुदायले आरक्षणको माग राख्दै आन्दोलबाट हार्दिक राष्ट्रिय चर्चामा आएका थिए । भाषण कलामा निपुण पटेललेको कंग्रेस प्रवेशलाई भाजपाले गुजरातमा कडा टक्करको सामना गर्नुपर्ने देखिन्छ ।

गुजरातको जनसंख्यामा पटिदार समुदायको हिस्सा १२.३ प्रतिशतभन्दा बढी छ । किनकि सन् २०१७ मा भएको विधानसभामा चुनावमा कंग्रेसले सत्तारूढ भाजपालाई कडा टक्कर दिएको थियो । उक्त चुनावमा भाजपाले ९९ सिट र कंग्रेसले ८१ सिट जितेको थियो ।

निर्वाचन आयोगले सोमबार चुनावको औपचारिक घोषणा गरेसँगै कंग्रेसले प्रचारप्रसारलाई तीव्रता दिएको छ । त्यसैको तयारीका लागि मंगलबार बिहान अहमदाबादमै कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बसेको थियो । त्यसअघि अध्यक्ष गान्धी र अन्य वरिष्ठ नेताहरुले साबरमतिस्थित महात्मा गान्धी आश्रम पुगेर प्रार्थना गरेका थिए ।

यसअघि सोमबारसाँझ गान्धीले दिल्लीमा कंग्रेस बुथ कार्यकर्ताहरुलाई सम्बोधन गरेका थिए । अध्यक्ष गान्धी चुनावी सभालाई सम्बोधन गर्न दक्षिण भारत जाने कार्यक्रम रहेको छ ।

प्रकाशित : फाल्गुन २८, २०७५ २१:०६
प्रतिक्रिया
पठाउनुहोस्

पूर्वमन्त्री अधिकारीद्वयलाई बौद्धवासीले सम्झे 

कान्तिपुर संवाददाता

काठमाडौँ — ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जना तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको १३ औं दिनको पुण्यतिथिमा सोमबार बौद्धवासीले श्रद्धाञ्जली दिएका छन् ।बौद्धनाथ क्षेत्र विकास समितिले गरेको श्रद्धाञ्जली सभामा बौद्ध परम्पराअनुसार छ्योमे (मृतकको संझनामा बालिने घिउबत्ती) समेत बालिएको थियो । 

बौद्ध समुदाय सम्बद्ध एक दर्जन संघसंस्थाको सहभागिता रहेको सभामा काठमाडौं ३ का सांसद कृष्णकुमार राईले क्षेत्र विकास समितिले राम्रा काम गरेर देखाउन सके मन्त्री अधिकारीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।

बौद्ध लामा गुरुहरूद्वारा सामूहिक मोल्हम पाठ तथा श्रद्धाञ्जली मन्त्र वाचनसमेत गरिएको सभामा समिति अध्यक्ष चन्द्रमान लामा, पूर्वअर्थ राज्यमन्त्री ल्हारक्याल लामा, पूर्वराजदूत गणेश योञ्जन, नेपाल बौद्ध महासंघका केन्द्रीय अध्यक्ष कर्म रिन्जी शेर्पा, बौद्ध निङमा संघका अध्यक्ष टुल्कु निमा रिन्जी शेर्पा, नेकपा नेता रामशरण ढुंगाना, लुम्बिनी विकास कोषका पूर्वउपाध्यक्ष गजेन्द्र लामा, नेपालजित लामा लगायतले स्वर्गीय अधिकारीद्वयको व्यक्तित्वको चर्चा गरेका थिए ।

प्रकाशित : फाल्गुन २८, २०७५ २१:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्