कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

९ देशद्वारा उडान स्थगित

बोइङ ७३७ म्याक्स–८ सुरक्षा चासो
चीन, सिंगापुर, बेलायत, अस्टे«लिया, दक्षिण कोरिया, इन्डोनेसिया, मेक्सिको, ब्राजिल र इथियोपियाले बोइङ उडाउन रोके
रोयटर्स

बेइजिङ/लन्डन — बोइङ ७३७ म्याक्स ८ मोडेलको विमान इथियोपियामा दुर्घटनामा परेसँगै विभिन्न देश तथा एयरलाइन्सले यसको उडान रोकेका छन्  । सिंगापुर, अस्टे«लिया, बेलायत र दक्षिण कोरियाले मंगलबार बोइङ ७३७ म्याक्स विमानमार्फत हुने सम्पूर्ण उडान स्थगन गरेका छन्  ।

९ देशद्वारा उडान स्थगित

सिंगापुर, अस्ट्रेलिया, बेलायत र दक्षिण कोरियाले मंगलबार बोइङ ७३७ म्याक्स विमानमार्फत हुने सम्पूर्ण उडान स्थगन गरेका छन् । सिंगापुरको उडड्यन प्राधिकरणका अनुसार पछिल्लो निर्णयसँगै सिल्क एयर, चाइना साउदर्न एयरलाइन्स, गरुडा इन्डोनेसिया, सानडोङ र थाई लायन एयरका उडान प्रभावित भएका छन् । एसियाली देशका उडानलाई युरोप र अमेरिका जोड्ने सिंगापुरको चांगी विश्वकै छैटौं व्यस्त विमानस्थल हो । सिंगापुरको निर्णयलगत्तै अस्ट्रेलिया र दक्षिण कोरियाले बोइङ म्याक्स विमानलाई आफ्नो भूमिमा अवतरणका लागि रोक लगाएका छन् ।


अस्ट्रेलियाको नागरिक उड्डयन सुरक्षा प्राधिकरणले आफ्नो देशमा अवतरण हुने बोइङ म्याक्सको तालिका स्थगित गरेको छ । त्यसैगरी भारतको जेट एयरवेज, मेक्सिको तथा ब्राजिलले पनि विमानको सुरक्षाको प्रत्याभूति नभएसम्म उडान रोक्ने जनँएका छन् ।
यसअघि चीन तथा इन्डोनेसियाले सोमबार नै तत्कालका लागि उक्त विमान सञ्चालनमा रोक लगाइएको जनाएका थिए । इन्डोनेसियाले बोइङ ७३७ म्याक्सका सबै मोडलका जहाज थन्काएको छ भने भियतनामले आइतबारको दुर्घटनाको कारण पत्ता नलागेसम्म जेट विमान उडाउन अनुमति नदिने जनाएको छ । इथियोपियन एयर विमान दुर्घटनासँगै बोइङको सेयरमा मंगलबार १३.५ प्रतिशतले गिरावट आएको छ । समाचार संस्था रोयटर्सका अनुसार बिक्री भएका बोइङ ७३७ म्याक्समध्ये करिब ४० प्रतिशतले उडान स्थगन गरेका छन् ।


चीनको हवाई नियमन निकायले आन्तरिक एयरलाइन्स कम्पनीहरूलाई बोइङ ७३७ म्याक्स ८ मोडेलका विमानको व्यापारिक तथा व्यावसायिक उडान रोक्न सोमबार नै निर्देशन दिएको छ । त्यसलगत्तै ९७ बोइङ चीनका विभिन्न विमानस्थलका ह्यांगरमा छन् ।
चीनको नागरिक उड्डयन प्रशासनले अर्को आदेश नहुँदासम्म सबै ७३७ म्याक्स ८ मोडेलका विमान नउडाउन निर्देशन दिएको हो । प्रशासनद्वारा जारी विज्ञप्तिमा ‘उडान सुरक्षामा भरपर्दो सुनिश्चितता भएपछि मात्र उडान पुनः शुभारम्भ हुने’ उल्लेख छ ।
विज्ञप्तिमा यसबारे अमेरिकी संघीय नागरिक उड्डयन प्रशासन र बोइङसँग परामर्श गरिने जनाइएको छ । अमेरिकी अधिकारीले भने पछिल्लो घटनाबारे अनुसन्धान जारी रहेको भन्दै चीनले कुन सूचनाका आधारमा त्यस्तो निर्णय लिएको हो भन्ने प्रश्न गरेका छन् ।
बोइङ र कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइना (कोमाक) ले चीनको झाउसानमा स्थापना गरेको प्लान्टमा ७३७ म्याक्स विमानको भित्री साजसज्जा गर्ने गरिएको छ । कारखानाबाट गत डिसेम्बरमा एयर चाइनाका लागि ७३७ म्याक्स जहाज बिक्री गरिएको थियो । विमान अमेरिकाको वासिङ्टनको रेन्टोनमा एसेम्बल गरिन्छ र भित्री साजसज्जाका लागि झाउसान ल्याउने गरिन्छ ।


विमानको सुरक्षामाथि प्रश्न
वासिङ्टन (एएफपी)– पाँच महिनाभित्र दोस्रो पटक बोइङ ७३७ म्याक्स विमान उडान भरेको छोटो समयभित्रै दुर्घटनामा परेपछि यसको सुरक्षामाथि प्रश्नचिह्न उठेको छ । बोइङ अमेरिकी विमान उत्पादक कम्पनी हो । पछिल्ला दुवै घटनामा विमानका सबै यात्रुको मृत्यु भएको थियो । आइतबार इथियोपियन एयरलाइन्सको बोइङ ७३७ म्याक्स विमान उडेको ६ मिनेटमै खस्दा सबै १५७ यात्रु र चालक दलका सदस्यको मृत्यु भएको थियो । गत अक्टोबरमा लायन एयरले सञ्चालन गरेको विमान दुर्घटनामा १८९ को मृत्यु भएको थियो ।


बोइङको नयाँ मोडेलको विमानको प्राविधिक सुरक्षाबारे सर्वत्र प्रश्न उठेसँगै चीनले ७३७ म्याक्स ८ मोडेलका विमानहरू उडान रोकिसकेको छ । चीन बोइङको महŒवपूर्ण बजार हो । पछिल्लो दुर्घटनाबारे महŒवपूर्ण सूचना दिने भनेकै फ्लाइट डाटा र ककपिटमा भएका कुराकानीको संग्रह गर्ने दुइटा ब्ल्याक बक्स हुन् । यी उपकरणमा भएका सूचनाको विश्लेषण र अध्ययनबाट विमानको प्राविधिक समस्या, पाइलटको गल्ती वा दुर्घटनाका अन्य कारण पत्ता लाग्न सक्छ । ‘पाइलटले उडानमा कठिनाइ भएको र फर्कन चाहेको बताएका थिए । उनलाई फर्कने आदेशसमेत दिइएको थियो,’ इथियोपियन एयरलाइन्सका प्रमुख कार्यकारी टिवोल्डो गेब्रेमारियमले आइतबारको दुर्घटनाबारे अदिस अबाबामा पत्रकारलाई भनेका छन् ।


यद्यपि, टिल ग्रुपका हवाई विज्ञ रिचार्ड आबोउलाफियाले विमानको मोडेलमा समस्या रहेको बताउनु छिटो हुने प्रतिक्रिया दिए ।
‘दुर्घटनाग्रस्त दुवै जहाज एकै मोडेलका हुन् । लायन एयरझैं इथियोपियन एयरलाइन्सको विमान पनि उड्नासाथ दुर्घटना भएको हो । पाइलटले प्राविधिक समस्या आएको खबर गर्नासाथ दुवै विमान दुर्घटना भएका छन् । दुवैमा समान समस्या रहेको प्रस्ट भयो,’ अर्का एक विज्ञले भने । चिनियाँ नागरिक उड्यन अधिकारीहले पनि दुवै ‘भयानाक’ दुर्घटनाबीच समानता देखिएको बताउँदै ‘सुरक्षा सुनिश्चित नभएसम्म यी मोडेलका विमानको उडान रोक्ने’ निर्णय भएको जनाए ।


कम्पनीको वेभसाइटमा उल्लेख भएअनुसार बोइङले ७३७ म्याक्स मोडेलका ७६ जहाज चाइनिज एयरलाइन्सलाई बिक्री गरिसकेको छ भने अन्य १०४ विमान बनाउन आदेश दिइसकेको छ ।

प्रकाशित : फाल्गुन २९, २०७५ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?