कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युक्रेनमा दादुराबाट तीनमहिनायता १४ को मृत्यु, ३२ हजार बढी प्रभावित

रासस/सिन्ह्वा

किभ — युक्रेनमा गएको तीन महिनायता दादुराको प्रकोपका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ । ३२ हजार भन्दा बढी व्यक्ति प्रभावित भएका छन् ।

युक्रेनको स्वास्थ्य मन्त्रालयले सोमबार प्रकाशित गरेकाे विज्ञप्ती अनुसार सन् २०१८ को डिसेम्बर २८ बाट सन् २०१९ को मार्च १२ सम्म १८ हजार १०९ जना बालबालिकासहित ३२ हजार ९३९ व्यक्ति दादुराबाट प्रभावित भएका छन् । गतवर्ष युक्रेनभरी ३५ हजार १२० व्यक्ति दादुरा रोगबाट प्रभावित भएका थिए ।


यद्यपि सन् २०१७ मा ४ हजार ७८२ व्यक्ति मात्र यो रोगबाट प्रभावित भएका थिए । विश्वमा नै दादुराबाट प्रभावित व्यक्तिको सङ्ख्या भीषण रुपमा बढेको युनिसेफले जानकारी दिएको छ ।


सन् २०१७ बाट हालसम्म युक्रेनमा दादुराबाट करिब ३५ व्यक्तिको मृत्यु भएको बताइएको छ । यस रोगबाट बचाउ गर्ने उपाय कम मात्र अपनाइएको हुनाले रोग फैलिदै गएको स्वास्थ्य अधिकारीहरुको दाबी छ ।

प्रकाशित : चैत्र १२, २०७५ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?