कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इक्वेडरमा ६.२ म्याग्नीच्यूडको भूकम्प

रासस/सिन्ह्वा

बेइजिङ — इक्वेडरको दक्षिण पश्चिमी शहर सान्ता एलेना नजिक आइतबार ६.२ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्प स्थानीय समय अनुसार आइतबार बिहान ७ बजे गएको हो । 

भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १९ किलोमिटर मुनि रहेको थियो । भूकम्पबाट भएको जनधनको क्षतिका बारेमा स्थानीय प्रशासनले जानकारी सङ्कलन गर्न लागेको जनाएको छ ।


प्रकाशित : चैत्र १७, २०७५ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?