कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इजरायलमा संसदीय चुनाव : पाँचौं कार्यकाल ताक्दै नेतन्याहु 

एएफपी

जेरुसेलम — इजरायलमा मंगलबार १ सय २० सदस्यीय संसद् (नेसेट) का लागि निर्वाचन भएको छ । चारपटक प्रधानमन्त्री भइसकेका लिकुड पार्टीका नेता बेन्जामिन नेतन्याहु पाँचौं कार्यकालका लागि चुनावी प्रतिस्पर्धामा छन् ।

इजरायलमा संसदीय चुनाव : पाँचौं कार्यकाल ताक्दै नेतन्याहु 

यद्यपि, भ्रष्टाचार आरोपका कारण विवादमा तानिएका नेतन्याहुले पूर्वसैनिक प्रमुख बेन्नी गन्जले कडा चुनौतीको सामना गर्नुपरेको दाबी गरिएको छ ।


चुनावी सर्वेक्षणहरूले राजनीतिक अनुभव खासै नभएका पूर्वसैनिक नेतन्याहुभन्दा कमजोर देखिएको जनाइएको छ । यद्यपि, एकलौटी सरकार गठनको सम्भावन न्यून रहेको सर्वेक्षणमा देखिएको छ । गन्ज मध्यमार्गी ब्ल्यु एन्ड हृवाइट गठबन्धको प्रमुख हुन् ।

सर्वेक्षणहरूले लिकुड र ब्ल्यु एन्ड हृवाइट दुवैले ३०/३० स्थान प्राप्त गर्ने देखएका छन् । दुवै पार्टीले सरकार गठनका निम्ति साना दल र स्वतन्त्र उम्मेदवारको सहयोग लिनुपर्ने आंकलन गरिएको छ । तर साना दक्षिणपन्थी पार्टीहरूले नेतन्याहुलाई समर्थन गर्ने सम्भावना रहेकाले उनी पुनः प्रधानमन्त्री चुनिने प्रवल सम्भावना छ । चुनावको नतिजा बुधबार सार्वजनिक हुनेछ ।


नेतन्याहुले मुलुकमा विभाजनकारी राजनीतिलाई मलजल गरेको गन्जको आरोप छ । उनले नेतन्याहुको सुरक्षा निकायप्रतिको धारणा गलत रहेको दाबी गर्छन् । चुनावी अभियानका क्रममा गन्जले ‘आफूले इजरायलको राजनीति सफा बनाउने’ प्रतिबद्धता व्यक्त गरेका थिए । गन्जले दुई पूर्वसैनिक प्रमुख तथा पूर्वअर्थमन्त्री याइर लापिडलाई पनि साथमा लिएका छन् । उनीहरू राज्य सञ्चालन र प्रशासनमा निकै अनुभवी मानिन्छन् ।


निर्वाचनलाई ६९ वर्षीय नेतन्याहुको जनमतसंग्रहका रूपमा समेत हेरिएको छ । उनले इजरायलको सुरक्षा र आर्थिक वृद्धिका निम्ति विशिष्ट कार्यसम्पादन गरेको बताउने गरिन्छ । तर पछिल्लो समय अनावश्यक प्रचारशैली र भ्रष्टाचार आरोपका कारण उनको लोकप्रियाता घटदै गएको छ ।


त्यसमाथि हालैका चुनावी अभियानमा विपक्षीमाथि कटुतापूर्ण चुनावी नारा प्रयोग गरेपछि नेतन्याहुको आलोचना बढेको छ । नेतन्याहुले विजय हासिल गरे इजरायलका संस्थापक डेभिड बेन गुरिअन बराबर उनी सत्तामा रहनेछन् । उनी १३ वर्ष प्रधानमन्त्री भइसकेका छन् ।


चुनावमा विजयी भएपनि उनीमाथि भ्रष्टाचारको आरोपमा अदालतमा मुद्दा पर्ने सम्भावना उक्तिकै छ । महान्यायाधिवत्ताले नेतन्याहुमाथि ठगी, धोखाधडी र विश्वासघात गरेको भन्दै मुद्दा दायर गर्ने तयारी गरिरहेको जनाएका छन् । उनीविरुद्ध अदालतमा मुद्दा दायर भए पनि दोषी ठहर नभएसम्म प्रधानमन्त्रीबाट हट्ने छैनन् ।

प्रकाशित : चैत्र २७, २०७५ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?