दुई कोरियाको चौथो शिखर सम्मेलन हुँदै

सिन्ह्वा

सियोल — दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले उत्तर कोरियाली नेता किम जोन–अनसँग चौथो शिखर सम्मेलनका लागि तयारी सुरु भएको बताएका छन् । 

फाइल तस्बिर ।

मूनले सोमबार वरिष्ठ सरकारी अधिकारीहरूसँग नियमित छलफलको क्रममा उत्तर कोरियाली नेता किमसँग चौथो शिखर वार्ताका लागि तयारी सुरु भएको बताएका हुन् ।

दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ब्लू हाउसले उक्त जानकारी दिएको छ । यसअघि गत सेप्टेम्बरमा यी दुई नेताबीच तेस्रो सम्मेलनको क्रममा भेटवार्ता भएको थियो ।

सो सम्मेलनका क्रममा दुई कोरियाको हितका लागि मौखिक र लिखित केही सम्झौता भएका थिए । राष्ट्रपति मूनले गत साता गरेको वासिङ्टन भ्रमणको क्रममा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उत्तर कोरियाली नेतासँगको भेटवार्ताका बारेमा छलफल गरेका थिए ।

ट्रम्पसँग वासिङ्टनमा भएको भेटवार्ताको मुख्य उद्देश्य किम र ट्रम्पबीचको दोस्रो बैठक पछि उत्पन्न अनिश्चितता हटाउनका लागि भएको मूनले बताएका छन् ।

प्रकाशित : वैशाख २, २०७६ १५:३४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

चलचित्र 'भारत' मा 'बुढो' सलमान !

एजेन्सी

काठमाडौँ — चलचित्र 'भारत' मा सलमान खानलाई बुढो देखाइएको तस्बिर सार्वजनिक गरिएको छ । तस्बिरमा सलमान सेतो कपाल र सेतो दाह्रीमा देखिएका छन् । उनलाई एउटा वृद्धको रूपमा देख्न सकिन्छ ।

रोमान्टिक, एक्सन,थ्रिलर चलचित्रमा बढी देखिने सलमानले आफूलाई बुढो देखाइएको तस्बिर सार्वजनिक गर्दै आफ्ना 'फ्यान' हरुलाई सरप्राइज दिएका छन्। चलचित्रकोतस्बिर ट्विट गर्दै सलमानले आफ्नो 'रंगिन जिन्दगी' को कुरा समेत उल्लेख गरेका छन्।

चलचित्रमा सलमानको बाल्यकालदेखि ६० को दशकसम्मको यात्रारहेकोबताइएको छ। यो चलचित्र सलमानका लागि एउटा ऐतिहासिक हुने बताइएको छ।


यो चलचित्रको ट्रेलेर अप्रिल २४ तारिखका दिन रिलिज गरिने चलचित्र निर्माण युनिटले जनाएको छ। सलमानका अलवा 'भारत'मा कट्रिना कैप, दिशा पटानी, तबू, ज्याकी श्राफ र सुनिल ग्रुभरको अभिनय रहेको छ।

अलि अब्बास जफरले निर्देशन गरेको यो चलचित्रक इदको अवसर पारेर जुन ५ तारिखका दिन रिलिज हुँदैछ।

प्रकाशित : वैशाख २, २०७६ १५:१८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT