कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दादुराका बिरामी ३०० प्रतिशतले बढे

एएफपी

जेनेभा — विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अघिल्लो वर्षको तुलनामा सन् २०१९ को तीन महिनामा विश्वभर दादुराका बिरामीको संख्या ३०० प्रतिशतले वृद्धि भएको जनाएको छ । दुई वटा खोप लगाउँदा दादुरा पूर्णरुपमा नियन्त्रण गर्न सकिन्छ ।

दादुराका बिरामी ३०० प्रतिशतले बढे

तर खोपको दरमा कमी भएपछि यसका बिरामीको संख्या एकाएक वृद्धि भएको डब्लूएचओको भनाइ छ । ‘विश्वभरबाट संकलित प्रारम्भिक तथ्यांक विश्लेषण गर्दा सन् २०१९ को पहिलो तीन महिनामा दादुराका बिरामी ३०० प्रतिशतले बढेको पाइयो,’ डब्लूएचओले भनेको छ, ‘दुई वर्षदेखि नै दादुराका बिरामीको संख्या बढ्दै गएको पाइएको थियो र त्यसैको निरन्तरता अहिले पनि देखिएको छ ।’


डब्लूएचओले यो तथ्यांकले दादुराको बढ्दो प्रवृत्तिलाई संकेत गरेको जनाएको छ । धेरै देशमा दादुराका बिरामी ठूलो संख्यामा देखिएका छन् । विश्वका सबैजसो क्षेत्रमा दादुराका बिरामी पाइएको छ ।यस वर्ष विश्वका १ सय ७० देशबाट संकलित तथ्यांकमा एक लाख १२ हजार १ सय ६३ जनामा दादुरा पाइएको छ । गत वर्ष १ सय ६३ देशको तथ्यांकमा २८ हजार १ सय २४ जनामा दादुरा देखिएको थियो ।


हावाबाट संक्रमण हुने दादुराबाट ज्वरो आउने, खोकी लाग्ने र शरीरमा राता फोका उठ्ने गर्दछ । कतिपय अवस्थामा समयमै उपचार नभए घातक हुने गर्दछ । धेरै विकसित देशमा दादुरा रोग उन्मूलन भइसकेको छ ।


विश्व स्वास्थ्य संगठनका अनुसार दादुरा विरुद्धको पहिलो खोप ८५ प्रतिशतले कमी भएको छ भने करिब ६७ प्रतिशतले मात्र दोस्रो खोप लिने गरेका छन् ।

प्रकाशित : वैशाख ३, २०७६ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?