अफगानिस्तानमा १७ मारिए
तालुकान — अफगानिस्तानस्थित ताखरको दासत-ए-कालामा भएको सुरक्षा कारबाहीमा १७ तालिवान लडाकु मारिएका छन् । १३ जना घाइते भएको सेनाले जनाएको छ । मृत्यु भएकामा तालिवानका जिल्ला कमान्डर मवलावी रजाकसमेत रहेका छन् ।
यसैबीच, संयुक्त राष्ट्रसंघले सन् २०१९ को सुरुका तीन महिनाको अवधिमा अफगानिस्तानमा पहिलो पटक तालिवान लडाकु र अन्य आतंककारी समूहको आक्रमणमा भन्दा बढी अमेरिका आबद्ध र सरकारी सेनाको कारबाहीमा परी सर्वसाधारणको ज्यान गएको तथ्यांक सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय र सरकारी सुरक्षाफौजबाट ज्यान गुमाएका अफगानीको संख्या ३ सय ५ पुगेको छ ।
प्रकाशित : वैशाख १२, २०७६ २०:४२प्रतिक्रिया