कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकी थुनामा आप्रवासी किशोरको मृत्यु

एजेन्सी

वासिङ्टन — अमेरिकाको टेक्सास राज्यस्थित आप्रवासी राखिएको थुनुवा कक्षमा एक किशोरको मृत्यु भएको छ । मुत्यु हुने ग्वाटेमालाका १६ वर्षीय किशोर हुन् ।

अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी) का अनुसार टेक्सासको हिडाल्गो नजिक गत मे १३ मा अवैध रूपमा प्रवेश गरेका किशोरलाई सीमा सुरक्षा निकायले गिरफ्तार गरी थुनामा राखेको थियो । किशोरको रियो ग्रान्डे भ्याली सेक्टरको वेस्लाको स्टेसनमा मृत्यु भएको हो । नाम उल्लेख नगरिएका किशोरको मृत्युको कारण खुलेको छैन । गत डिसेम्बरयता अमेरिकी थुनामा मृत्यु हुने यी पाँचौं आप्रवासी हुन् ।

प्रकाशित : जेष्ठ ७, २०७६ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?