कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नाइजेरियामा २० आतंककारी मारिए

सिन्ह्वा

लेगोस — नाइजेरिया, चाड र क्यामरुनका सेनाले गरेको संयुक्त कारबाहीमा कम्तीमा २० जना आतंककारीको मृत्यु भएको नाइजेरियाली सैनिक प्रवक्ताले बताएका छन् ।नाइजेरियाली सैनिक प्रवक्ता टिमोथी एन्टीघाले जारी गरेको वक्तव्यमा आरिगे, माल्कोनोरी र टुमबुम रेगो क्षेत्रमा कारबाही गरिएको उल्लेख छ ।

लेक चाड क्षेत्रबाट इस्लामिक आतंकवादीलाई पूर्णरुपमा समाप्त पार्ने उद्देश्यले संयुक्त सैनिक कारबाही थालिएको प्रवक्ता एन्टीघाले बताए ।


इस्लामिक लडाकूसँगको भिडन्तका क्रममा गोली लागेर सेनातर्फ चार जना घाइते भएका थिए । संयुक्त सेनाले गत फेब्रुअरीमा पनि बोको हराम समूहमा आबद्ध लडाकूहरु विरुद्ध संयुक्त सैनिक कारबाही गरेको थियो ।

प्रकाशित : जेष्ठ २१, २०७६ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?