क्यालिफोर्नियामा २० वर्षयताकै शक्तिशाली भूकम्प

एजेन्सी

क्यालिफोर्निया — अमेरिकाको क्यालिफोर्निया राज्यमा दुई दशकयताकै शक्तिशाली भूकम्प गएको छ । अधिकारीहरुले क्यालिफोर्नियाको रिजक्रेस्ट केन्द्रबिन्दु रहेको ६.४ म्याग्निच्यूडको भूकम्प गएको बताएका छन् । रिजक्रेस्ट लस एन्जलसबाट २ सय ४० किलोमिटर उत्तरपूर्वमा पर्छ । अमेरिकी भौगर्भिक संस्था (युएसजिएस) का अनुसार करिब भूकम्पको केन्द्रबिन्दु जमिनबाट ६.६८ किलोमिटर तर रहेको जनाएको छ । 

भूकम्पबाट क्यालिफोर्नियाका विभिन्न स्थानमा भौतिक क्षति पुगेको जनाइएको छ। अधिकारीहरूले भूकम्पबाट भएको क्षतिको पुर्णविवरण संकलन भइनसकेको जनाएका छन्। यद्यपि, मानवीय क्षतिबारे केही जानकारी प्राप्त नभएको प्रहरीको भनाइ छ।

अमेरिकी सञ्चारमाध्यमहरुले नै भौतिक या मानवीय क्षतिको बारेमा कुनै जानकारी प्राप्त नभएको जनाएका छन्। भूकम्प सन् १९९९ पछि क्यालिफोर्नियामा गएको सबैभन्दा शक्तिशाली भएको बताइएको छ।

भूकम्पले क्यालिफोर्नियाको दक्षिणी भेगमा बढी क्षति भएको जनाइएको छ। क्यालिफोर्नियाको छिमेकी राज्य नेभादाको लस भेगासमा पनि भूकम्पको धक्का महसुश गरिएको बताइएको छ। भूकम्पपछि केही स्थानमा आगलागी भएको अधिकारीहरुले जनाएका छन्। तर ठूलो संख्याका उद्वारकर्मीहरु परिचानल गरिएको अधिकारीहरुले जनाएका छन्।

प्रारम्भिक सूचनामा केही नागरिक घाइते भएका र उनीहरुलाई उद्धार गरेर अस्पतालसम्म पुर्‍याइएको जनाइएको छ। भूकम्पको केन्द्रविन्दु रहेको रिजक्रेस्ट बाक्लो बस्ती रहेको क्षेत्रबाट टाढा रहेकाले कम क्षति भएको अधिकारीको भनाई छ। क्यालिफोर्नियाको आपतकालीन कार्यालयले भूकम्प र आगलागीपछि खोज तथा उद्धारको कार्य जारी रहेको बताएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भूकम्पलगत्तै ट्वीट गर्दै राहत तथा उद्धार कार्य जारी रहेको जनाएका छन्। भौगर्भिक अधिकारीका अनुसार भूकम्पपछि निरन्तर रूपमा पराकम्प गइरहेका छन्।

प्रकाशित : असार २०, २०७६ २०:१०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मापसेको आरोपमा एसपीको सरुवा

कान्तिपुर संवाददाता

गोरखा — कार्यालय समयमै मदिरा पिएर गैरजिम्मेवार देखिएको भन्दै जिल्ला प्रहरी प्रमुख एसपी भोला रावल सरुवा गरिएका छन् । उनलाई ६ नम्बर प्रदेश कार्यालय पठाइएको गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद शर्मा घिमिरेले बताए । गोरखामा महानगरीय अपराध महाशाखाका एसपी ओम अधिकारीलाई खटाइएको छ । 

डीआईजी घिमिरेका अनुसार जिल्लाको शान्ति सुरक्षाबारे जानकारी लिन बुधबार टेलिफोन गर्दा एसपी रावल सम्पर्कमै आएनन् । खोर्लाबेंसीका व्यापारी धनकमल गुरुङ सम्पर्कविहीन भएको विषयमा जानकारी लिन टेलिफोन गरेको उनले बताए । ‘लुटपाट भएको छ, मान्छे कहाँ छन् पत्तो छैन, लोकेसन पत्ता लगायौं भनेर भन्थे, दुई/तीन दिन काम पनि राम्रै भइरहेको थियो,’ उनले भने ।

बुधबार पटकपटक फोन गर्दा पनि रिसिभ नभएको घिमिरेले बताए । ‘दुई/तीन दिनदेखि सम्पर्क भएको थिएन, बुधबार १० बजेतिर गरेको फोन उठेन, सञ्चारमा फोन गरेर सम्पर्कमा आउन भनें,’ उनले भने, ‘केही बेरपछि फोन आयो तर मैले सोच्दै नसोचेको तवरले कुराकानी गर्न थाल्नुभयो, आश्चर्यमा परेँ ।’ एसपी रावलले गालीगलौजसमेत गरेको घिमिरेको दाबी छ । ‘जे जे मन लाग्यो बोल्नुभयो,’ उनले भने । घिमिरेले तत्काल निरीक्षणका लागि भन्दै एसएसपी हरिराज वाग्लेको नेतृत्वमा टोली खटाए । ‘यताबाट निरीक्षणका लागि टोली पुग्दा पनि निवासमा मापसे गरिरहेको अवस्थामा भेटियो,’ उनले भने, ‘गोरखा अस्पतालबाट चिकित्सकको टोली ल्याएर जाँच भयो, रिपोर्टले मापसे गरेको प्रमाणित पनि भइसकेको छ ।’

जिल्ला प्रहरी प्रमुख नै यस्तो अवस्थामा भेटिनु दुःखद भएको उनको भनाइ छ । यसबारे प्रहरी प्रधान कार्यालयमा लिखित जानकारी गराएपछि रावलको सरुवा भएको हो । एसपी रावलले भने काज सरुवाको पत्र आइसकेको बताए । ‘अरू विषयमा अहिले केही बोल्दिनँ,’ उनले भने ।

प्रकाशित : असार २०, २०७६ २०:०३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT