उत्तर प्रदेशमा भएको बस दुर्घटनामा २९ को मृत्यु

एजेन्सी

दिल्ली — उत्तरी भारतमा सोमबार बिहान भएको बस दुर्घटनामा परी सो बसमा रहेका यात्रुमध्ये कम्तीमा पनि २९ जनाको ज्यान गएको समाचार छ । उत्तरी राज्य उत्तर प्रदेशमा भएको बस दुर्घटनामा परी २९ जनाको ज्यान गएको र अन्य २३ यात्रु सख्त घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय राजधानी नयाँ दिल्लीबाट उत्तर प्रदेशको राजधानी शहर लखनउ जान लागेको सो बस खोँचमा खसेको थियो । यस दुर्घटनामा परी घाइते भएकाहरुको उद्धारको काम निकै कठिन भएको अधिकारीहरुले जनाएका छन् ।

सोमबार बिहान आग्रा पुगेपछि सो बस खोँचका खसेर दुर्घटनाग्रस्त भएको थियो । प्रहरीले उद्धारको काम कठिन भएको बताएको छ ।

आग्रा जिल्लाका म्याजिस्ट्रेट एन जी रवि कुमारले सो बस दुर्घटनाको पुष्टि गरकेा थिए । उनले २७ जनाको घटनास्थलमै निधन भएको र बाँकी घाइते १५ लाई निकै गाह्रोगरी उद्धार गरेर अस्पतालसम्म पुर्‍याइएको जानकारी दिए ।

गुडिरहेको बस सडकबाट कम्तीमा ५० फिट तल खसेको उनले जानकारी दिए । उनका अनुसार घटनाको केही समयमै प्रहरी पुगेपनि अधिकांशको घटनास्थलमै ज्यान गएको थियो ।

प्रकाशित : असार २३, २०७६ १३:१६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

कैदीद्वारा आत्महत्या

डम्बरसिं राई

खोटाङ — खोटाङ जिल्ला कारागारका एक कैदीले आत्महत्या गरेका छन् । कर्तव्य ज्यानमा जेल जीवन बिताइरहेका केपिलासगढी गाउँपालिका–१ फेदीका ३१ वर्षीय सुदीप राईले आत्महत्या गरेका हुन् ।


आइतबार बेलुकी सात बजेतिर कारागार प्रशासनले जानकारी गराएपछि घटनास्थल पुग्दा कम्पाउण्डभित्रैको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक बामदेव गौतमले बताए।

उनका अनुसार कारागारभित्र विभिन्न सामान उत्पादनका लागि ल्याइएको डोरीमा झुण्डिएर आत्महत्या गरेको पाइएको छ। मृतकको शव जिल्ला अस्पतालको शव गृहमा राखिएको छ। मृत्युपछि आफन्तलाई झिकाइएको र उनीहरुको जाहेरीपछि पोष्टपार्टम गरी आफन्तलाई शव बुझाइने डिएस्पी गौतमले सुनाए।

प्रकाशित : असार २३, २०७६ १३:१०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT