कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतको चन्द्रयान–२ प्रक्षेपण सोमबार

एएफपी

नयाँदिल्ली — भारतले गतसाता स्थगन गरेको अन्तरिक्ष यान ‘चन्द्रयान–२’ को प्रक्षेपण सोमबार गर्ने भएको छ । प्राविधिक समस्याका कारण गतसाता यानको प्रक्षेपण अन्तिम समयमा रोकिएको थियो । 

भारतको चन्द्रयान–२ प्रक्षेपण सोमबार

स्रोत उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले ‘इन्धन चुहिएका कारण अन्तिम समयमा चन्द्रयान–२ को प्रक्षेपण स्थगित गरिएको’ जनाएका थिए । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इस्रो) ले आगामी सोमबार अपराहृन २ बजेर ४३ मिनेटमा यान प्रक्षेपण गरिने घोषणा गरेको हो ।


यान आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतिस धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिने छ । चन्द्रयान–२ लाई पहिलो पटक अन्तरिक्षको दक्षिणी ध्रुवमा अवतरण गर्ने भारतको तयारी छ । करिब १५ करोड अमेरिकी डलर लागतको परियोजनाअन्तर्गत चन्द्रयान–२ ले चन्द्रमाको चन्द्रमाको कम्पन, सतहको पानी तथा खनिज पदार्थको खोजी गर्न सहयोग पुर्‍याउने छ ।


अमेरिका, चीन र सोभियत संघले चन्द्रमामा अन्तरिक्ष यानको सफल प्रक्षेपण गरिसकेका छन् । तर दक्षिणी धुव्रमा भने हालसम्म कुनै यान उत्रेका छैनन् । इस्रो अधिकारीका अनुसार ‘चन्द्रयान–२’ करिब दुई महिनामा चन्द्रमामा पुग्ने छ । अन्तरिक्षयानमा अर्बिटर, ल्यान्डर र रोभर गरी तीन भाग छन् ।


अर्बिटरले चन्द्रमाको सतहको तस्बिर लिन्छ भने ल्यान्डरले चन्द्रमाको माटोको विश्लेषणमा सहयोग पुर्‍याउँछ । ल्यान्डरबाट झन्डै आधा किलोमिटर यात्रा गर्न सक्ने रोभरले संकलित तस्बिर तथा सूचना पृथ्वीमा पठाउँछ ।


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिक्ष कार्यक्रमलाई निकै महत्त्व दिँदै आएका छन् । तर अन्तरिक्ष योजनाभन्दा देशको भोकमरी अन्त्य गर्न प्रधानमन्त्री केन्द्रित हुनुपर्ने आलोचकको भनाइ छ ।

प्रकाशित : श्रावण २, २०७६ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?