कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उत्तर कोरियाद्वारा दुई वटा ब्यालेस्टिक मिसाइल प्रहार

एएफपी

सियोल — उत्तर कोरियाले छोटो दूरीको दुई वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाको वोनसान क्षेत्रबाट पूर्वी तटीय क्षेत्रमा बुधबार बिहानै दुई वटा क्षेप्यास्त्र प्रहार गरिएको र यो करिब २५० किलोमिटर टाढा झरेको दक्षिण कोरियाका प्रधान सेनापतिले बताएका छन् । एक हप्ताभित्रै उत्तर कोरियाको यो दोस्रो क्षेप्यास्त्र प्रहार हो ।

उत्तर कोरियाद्वारा दुई वटा ब्यालेस्टिक मिसाइल प्रहार

अमेरिकासँग मिलेर दक्षिण कोरियाले संयुक्त सैनिक अभ्यास गर्न लागेकोप्रति रुष्ट बनेको उत्तर कोरियालीले चरणबद्ध रुपमा हातहतियारको परीक्षण गरिरहेको छ ।


संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले पारित गरेको प्रस्तावमा उत्तर कोरियालाई ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्न प्रतिबन्ध लगाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच भेटवार्ता भएको एक महिना नपुग्दै दुई पटक क्षेप्यास्त्र परीक्षण र पनडुब्बी परीक्षण गरिएका छन् ।


राष्ट्रसंघीय प्रतिबन्धका कारण उत्तरको अर्थतन्त्र थिल्थिलो भएपनि उसले आणविक र अन्य अत्याधुनिक हतियार निर्माणको कार्यलाई तीव्र बनाइरहेको छ ।

प्रकाशित : श्रावण १५, २०७६ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?