कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतमा बालिका बलात्कारीलाई मृत्युदण्डको फैसला

एजेन्सी

तेलंगाना — भारतको तेलंगाना राज्यस्थित एक जिल्ला अदालतले ९ महिने बालिकालाई बलात्कार गरेको अभियोगमा अभियुक्तलाई मृत्युदण्डको फैसला सुनाएको छ । जिल्ला अदालत वारंगालले ती अभियुक्तलाई घटना भएको ४८ दिनमा फैसला गर्दै मृत्युदण्डको फैसला सुनाएको हो ।

गत जुन १८ तारखिमा २१ वर्षीय पी प्रभिन नाम गरेका ती अभियुक्तले ९ महिने बालिकालाई अपहरण गरी बलात्कारपछि हत्या गरेका थिए । मध्यरातमा ती अभियुक्तले बालिकालाई आमासँग सुतिरहेको अवस्थाबाटै अपहरण गरेका थिए । हनामकोंडा सहरको कुमारपल्ली भन्ने स्थानबाट अभियुक्तले बालिकालाई घरबाटै अपहरण गरेका थिए ।


घटनाको केही घन्टापछि उनलाई बालिकाका आफन्तले पक्राउ गरी प्रहरीलाई बुझाएका थिए । अभियुक्त पक्राउ परिसक्दा बालिकाको हत्या भइसकेको थियो । प्रहरीले उनीविरुद्ध बालबालिकाको हत्या, यौन दुर्व्यवहार तथा बालात्कार लगायत विभिन्न मुद्दा दायर गरेको थियो ।


अदालतको फैसला सुन्नका लागि स्थानीयको भीड लागेको भारतीय सञ्चारमाध्यम द हिन्दूले समाचार लेखेको छ ।


अभियुक्त प्रभिनले अदालतमा रुँदै आफू निर्दोष रहेको बताएका थिए । घटनाबाट प्राप्त प्रमाण, डीएनए परीक्षणले पनि अभियुक्तलाई नै दोषी देखाएको थियो ।

प्रकाशित : श्रावण २३, २०७६ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?