कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई वर्ष नबित्दै पार्टीको कमाण्ड फेरि सोनियाकै हातमा !

सुरेशराज न्यौपाने

नयाँदिल्ली — राहुल गान्धीले अध्यक्ष पदलाई निरन्तरता दिन अस्विकार गरेपछि सोनिया गान्धीलाई भारतीय राष्ट्रिय कंग्रेसको अन्तरिम अध्यक्ष बनाइएको छ । शनिबार बसेको भारतीय राष्ट्रिय कंग्रेसको कार्यकारिणी समिति (सीडब्लुसी) ले अर्को व्यवस्था नभएसम्का लागि सोनियालाई अध्यक्ष बनाउने निर्णय गरको हो ।

दुई वर्ष नबित्दै पार्टीको कमाण्ड फेरि सोनियाकै हातमा !

यसअघि लोकसभा चुनावमा व्यहोरेको नमिठो हार पछि नेतृत्व परिवर्तनका लागि दबाब भए पनि शनिवार शुरु भएको सिडब्लुसि नेतृत्व सिफारिशका लागि गठित उपसमितिहरुले त्यस्तो राहुलकै नाम सिफारिश गरेका थियो । स्रोतका अनुसार अध्यक्ष सिफारिश गर्न गठित समितिहरुले राहुललाई गान्धीलाई नै अध्यक्ष बनाउनुपर्ने निष्कर्षसहितको प्रतिवेदन बुझाएका थिए । उक्त प्रतिवेदनका आधारमा सप्डब्लुसीले आफ्नो राजिनामा फिर्ता लिएर राहुललाई अध्यक्ष पदलाई निरन्तरता दिन विशेष आग्रह गरेको थियो ।


पार्टी स्रोतका अनुसार बैठकमा राहुलले पार्टीको लोकसभामा चुनाव भएको हारको नैतिक जिम्मेवारी शीर्ष तहबाटै लिनुपर्ने हुन्छ र त्यसको शुरुआत आफूबाटै हुनुपर्ने भन्दै विकल्पमा छलफल गर्न आग्रह गरेका थिए । राहुलले त्यस्तो भनाई राखेपछि बैठकले नयाँ अध्यक्ष चयन नभएसम्मका लागि सोनियालाई अन्तरिम अध्यक्षको जिम्मेवारी लिन आग्रह गरेको थियो ।


बैठकको सर्वससम्मतीले उक्त आग्रल गरेपछि दुई वर्ष पनि नबित्दै ७२ वर्षीय सोनिया पुनः पार्टीको नेतृत्व गर्न पुगेकिछिन् । पहिलो पटक सन् १९९९ मा पार्टीको नेतृत्व सम्हालेकी सोनियाले करीब अठार वर्षपछि डिसेम्बर २०१७ मा छोरा राहुलका लागि पार्टी नेतृत्व छाडेकी थिइन् । त्यसअवधिमा पार्टीको नेतृत्वमा कांग्रेसले २००४ र २००९ को लोकसभामा पहिलो पार्टी बनेको थियो ।


यसअघि बिहान बैठक शुरु हुने वित्तिकै केही शीर्षतहका नेताहरुले राहुललाई नै अध्यक्षमा निरन्तरता दिन आग्रह गरेका थिए । तर, राहुलले आफ्नो निर्णयमा पुर्नविचार नहुने बताएपछि कार्यसमितिले उनको उत्तराधिकारी चयन प्रक्रियालाई अगाडि बढाएको थियो । त्यति मात्र होइन, उनले नेतृत्व चयनका लागि बृहत परामर्श हुनुपर्ने प्रस्ताव पनि गरे ।


त्यसपछि क्षेत्रीय र राज्यहरुको प्रतिनिधित्व हुने गरी विभिन्न पाँचवटा उपसमितिहरु गठन गरिएको थियो । ती समितिहरुको नेतृत्व पूर्व प्रधानमन्त्री मनमोहन सिंह, केसी बेनुगोपाल, प्रियन्का गान्धीलगायतले गरेका थिए । राहुल गान्धी र सोनिया गान्धीले भने नेतृत्व चयन प्रक्रियामा सामेल हुन असमर्थतता जनाएका थिए । यी समितिहरुले सांसद र राज्यका पार्टी प्रमुखहरुसँग पनि छलफल गरेको थियो ।


दुई महिना अघि राहुल गान्धीले लोकसभा चुनावमा पार्टीले लज्जास्पद हार व्यहोरे लगत्तै अध्यक्ष पदबाट अलग भएको घोषणा गरेका थिए । चुनावी अभियानलाई एक्लै हाँकेका राहुल स्वयं आफ्नो परम्परागत सिट अमेठीबाट पराजित भएका थिए । उनी केरलाको वायनाड लोकसभा सिटबाट भने विजयी भएका थिए । पार्टीले औपारिक रपमा राजिनामा स्वीकृत नगरे पनि पार्टीको निर्णय प्रक्रियाबाट भने उनी अलग बस्दै आएका थिए । तर, उनले त्यस्तो घोषणा गरेको दुई महिना बितिसक्दा समेत पार्टीले न त उनलाई राजिनामा फिर्ता गराउन सकेको छ न त नयाँ नेतृत्व चयन गर्न । जसले गर्दा पार्टी कार्यकर्तामा अन्यौल र निराश छाएको देखिन्छ । त्यतिमात्र होइन, नेतृत्वमा चयनमा भएको ढिलाईले दोस्रो तहका नेताहरुमा पनि छटपटी शुरु भएको थियो ।


राहुल गान्धीले राजिनामा दिएको घोषणा गरे लगत्तै पार्टी अध्यक्षका लागि पन्जाबका मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंह, सुशिलकुमार सिन्दे, अशोक गेहलोत, मल्लिकार्जुन खार्जे, प्रियन्का गान्धी, शशि थरुर, गुलामनबि आजादहरुको नाम चर्चामा रहे पनि पछिल्लो समय अध्यक्षको दौडमा महाराष्ट्रका ५९ वर्षीय कांग्रेस नेता मुकुल वासनिक अगाडि देखिएका थिए । यसअघि गान्धी परिवार निकट नेताहरुले राहुल गान्धीलाई राजिनामा फिर्ता गराउन असफल भएपछि महासचिव प्रियन्का गान्धीलाई नेतृत्वमा अगाडि सार्न नखोजेको होइनन् । तर, राहुलले आफूले राजिनामा दिएको घोषणा गरेकै बेला प्रियन्काले नेतृत्व लिने सम्भावनालाई ठाडै नकारेका थिए ।


नरेन्द्र मोदी नेतृत्वको सरकारले जम्मुकश्मिरको विशेषाधिकार खारेज गर्ने लगायतका निर्णयले भारतीय राजनीतिक तरंगित बनिरहेका बेला सबैभन्दा पुरानो राजनीतिक पार्टी भारतीय राष्ट्रिय कांग्रेस भने अलमलको अवस्थामा देखिएको छ । जसले गर्दा एकातिर सशक्त विपक्षीको भूमिका खेल्न नसकेको भन्दै सर्वत्र आलोचना भएको छ भने अर्कोतर्फ नेतृत्वको र प्रष्ट कार्यदिशाका अभावका कारण पुरै पार्टीपंक्ति अन्यौलग्रस्त देखिन्छ ।


नेतृत्व चयन र यही अन्यौल चिर्न चौतर्फी दबाब बढेपछि शनिवार देखि पार्टीको सबैभन्दा उच्च निकाय केन्द्रिय कार्यकारिणी परिषद्को बैठक डाँकिएको हो ।


प्रकाशित : श्रावण २६, २०७६ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?