कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जटिल मानिएको ल्हासा-लिन्ची रेलमार्ग निर्माण सुरू

लक्ष्मी लम्साल

बेइजिङ — चीनले मानव जातिको इतिहासमा जटिल मानिएको सिचुवान-तिब्बतअन्तर्गत ल्हासा-लिन्ची खण्डमा रेलमार्ग निर्माण सुरू गरेको छ । नेपालको सीमावर्ती तिब्बतको ल्हासासम्म पुग्ने यस रेलमार्गअन्तर्गत गत मंगलबारदेखि ‘नयाँ युगमा सीमावर्ती क्षेत्रको यात्रा’ भन्ने नाराका साथ निर्माण कार्य सुरू गरिएको हो ।

जटिल मानिएको ल्हासा-लिन्ची रेलमार्ग निर्माण सुरू

यसको लम्बाई ४३५.४८ किलोमिटर छ । सन् २०२० सम्ममा निर्माण पूरा गर्ने चीनको लक्ष्य छ ।


सिचुवान-तिब्बत रेलमार्गको कुल लम्बाई १ हजार ८३८ किलोमिटर छ । रेलमार्गको प्रस्थानविन्दु सिचुवान प्रान्तको राजधानी छङ्तु हो भने अन्तिम स्टेसन तिब्बतको ल्हासा हो । २ खर्ब ५० अर्ब चिनियाँ युआन लगानी रहेको यस रेलमार्गमा सन् २०२६ सम्ममा सम्पूर्ण कार्य पूरा भएर सञ्चालनमा आउने अनुमान छ ।


सीसीटीभीका अनुसार केही दिनअघि नै लालिन क्षेत्रको पुखामु टनेल खोलिएको छ । यस परियोजनाको सबैभन्दा ठूलो अवरोध मानिएकोमा टनेल खोलिएपछि ९६ प्रतिशत अफ्ठ्यारा पार भएको रेल्वेले जनाएको छ। लिन्ची काउन्टीको मिलिन काउन्टीमा पर्ने यो सुरूङ कुल ४७ मध्ये ३७औं थियो। कामदारहरूले कम अक्सिजन र कठोर भूगोलका कारण रेलमार्गको निर्माण गरिरहेकाले यसलाई मानव इतिहासमै सबैभन्दा जटिल रेलमार्ग मानिएको हो ।


चीनले आफ्नो १३ औं पञ्चवर्षीय योजनाअन्तर्गत राखिएको यो परियोजना छिङ्हाइ-तिब्बत रेलवेपछिको दोस्रो महत्वाकांक्षी रेल्वे परियोजना हो ।

प्रकाशित : भाद्र ६, २०७६ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?