१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

सन् १९४१ मा आजकै दिन : साहित्यकार वुल्फको निधन 

काठमाडौँ — सन् १९४१ मा आजकै दिन (मार्च २८) मा बेलायती साहित्यकार भर्जिनिया वुल्फको निधन भएको थियो । २० औं शताब्दीको आधुनिक साहित्यकारका रूपमा परिचित वुल्फले ५९ वर्षको उमेरमा आत्महत्या गरेकी थिइन् । 

सन् १९४१ मा आजकै दिन : साहित्यकार वुल्फको निधन 

वुल्फ ‘मिसेस डालोवे (१९२५)’ र ‘टु दि लाइटहाउस (१९२७)’ उपन्यासका कारण साहित्यिक जगतमा निकै चर्चामा आएकी थिइन् । त्यस्तै, उनका ‘ओर्लान्डो (१९२८)’, ‘अ रुम अफ ओन्स ओन (१९२९)’, ‘वेभ्स (१९३१)’ लगायतका कृति चर्चित छन् । उनको पहिलो पुस्तक ‘द भोयज आउट’ १९१५ मा प्रकाशित भएको थियो ।

उपन्यासका अलाबा वुल्फ कलात्मक सिद्धान्त, साहित्यिक इतिहास र नारीवादी विषयवस्तुबारे निबन्ध लेखनमा पनि सक्रिय थिइन् । उनी समलिंगी सम्बन्धका कारण समेत चर्चामा आएकी थिइन् । वुल्फका पिता सर लेस्ली स्टेफन लेखक तथा इतिहासकार थिए ।

वुल्फ द्वितीय विश्वयुद्ध ताका लन्डनको साहित्यिक र कलात्मक समाजको महत्त्वपूर्ण हिस्सा थिइन् । उनी नारीवादी आन्दोलनमा पनि सक्रिय रूपमा सहभागी भएकी थिइन् । दोस्रो विश्वयुद्धमा आफ्नो घर तहसनहस भएपछि वुल्फमा मानसिक समस्या देखिएको थियो । जसका कारण उनले आत्महत्या गरेकी बताइन्छ । वुल्फ १८८२ जनवरी २५ मा लन्डनमा जन्मिएकी थिइन् ।

प्रकाशित : चैत्र १५, २०८० ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?