१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

सन् १९५५ मा आजकै दिन : नोबेल विजेता आइन्स्टाइनको निधन

काठमाडौँ — सन् १९५५ मा आजकै दिन (अप्रिल १८) मा महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको निधन भएको थियो । १८७९ मार्च १४ मा जर्मनीमा जन्मिएका आइन्स्टाइनको अमेरिकी राज्य न्यु जर्सीस्थित प्रिन्स्टन सहरमा निधन भएको थियो । 

सन् १९५५ मा आजकै दिन : नोबेल विजेता आइन्स्टाइनको निधन

आइन्स्टाइनले आधुनिक भौतिकशास्त्रका महत्त्वपूर्ण सिद्धान्तहरू ‘सापेक्षताको सिद्धान्त’ र ‘क्वान्टम मेकानिक्स’ को प्रतिपादन गरेका हुन् । ‘सापेक्षताको सिद्धान्त’ अन्तर्गत उनले विशेष र सामान्य गरी दुई सापेक्षताबारे खोज गरेका हुन् । सामान्य सापेक्षता मुख्यतः ठूला पिण्डहरूबीच हुने गुरुत्व हो । त्यस्तै, विशिष्ट सापेक्षताअन्तर्गत उनले पदार्थको समय र अन्तरिक्षको प्रकृतिबारे पत्ता लगाएका हुन् । सापेक्षतावादको सिद्धान्तबारे खोजी गर्ने क्रममा आइन्स्टाइनले प्रकाशको गतिसमेत पत्ता लगाएका थिए ।

आइन्स्टाइनले अन्याय, अत्याचार र युद्धको विरोधमा सशक्त रूपमा आवाज उठाएका थिए । प्रथम विश्वयुद्ध (१०१४–१९१८) सुरु भएसँगै उनी लिग अफ नेसन्स स्थापनाको पक्षमा उभिएका थिए । यहुदी भएकै कारण १९३३ मा हिटलरले उनको टाउकाको मूल्य तोकेपछि आइन्स्टाइन देश छाड्न बाध्य भएका थिए । विज्ञानको क्षेत्रमा गरेको महत्त्वपूर्ण खोज र योगदानका लागि आइन्स्टाइनलाई १९२१ मा भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित : वैशाख ६, २०८१ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?