२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२
कला

Art

गाउँमा रंगमञ्च

देशमा भर्खरै लोकतन्त्र भित्रिएको थियो । २०६४ सालतिर घिमिरे युवराज शिल्पी थिएटरको गोठाले नाटकघरको जग खन्दै थिए, काठमाडौंमा । करिब १७ वर्षपछि युवराज उसैगरी पुनः नाटकघरको जग खन्न व्यस्त छन् । तर यसपालि ठाउँ फेरिएको छ । र, त्यो हो, विराटनचोक ।

गाउँमा रंगमञ्च
वैशाख २६, २०८१

राष्ट्रिय महिला मादल वादन प्रतियोगिता हुने

राष्ट्रिय स्तरको मादल वादन प्रतियोगिता हुने भएको छ । कर्णाली कलाकार प्रतिष्ठानको आयोजना र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहआयोजनामा बिहीबार (वैशाख २७) सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमलमा उक्त प्रतियोगिता हुन लागेको हो ।

राष्ट्रिय महिला मादल वादन प्रतियोगिता हुने
वैशाख २४, २०८१
वैशाख २२, २०८१

अवधी लोककलामा नयाँ पुस्ता

कपिलवस्तु नगरपालिका–१ की २५ वर्षीया खुश्बु खातुन कपिलवस्तु बहुमुखी क्याम्पसमा एमबीएस अध्ययरत छिन् । मुस्लिम समुदायकी उनी अवध क्षेत्रमा बस्ने भएकाले अवधी संस्कृतिमा कला भर्दै छिन् । उनले दीपावलीमा बहिनीले दाजुभाइलाई टीका लगाइदिँदा भित्तामा टाँस्ने चित्र बनाएकी छन् । हरियो रङको क्यानभासमा उनले चन्द्रसूर्य, कलश, स्वस्तिक छाप, कमलको फूल, धनुष, चौका बेलना र त्रिशूलका चिटिक्कका चित्र कोरेकी छन् । 

अवधी लोककलामा नयाँ पुस्ता
वैशाख १९, २०८१

नेपाल–बंगलादेश आर्ट फेस्टिभल अर्को साता

नेपालस्थित बंगलादेश दूतावासले आर्ट बंगला फाउन्डेसन ढाका र सिद्धार्थ आर्ट ग्यालेरी काठमाडौंको सहकार्यमा आर्ट फेस्टिभल गर्ने भएको छ । फेस्टिभल मे ६ देखि १० सम्म काठमाडौंमा हुनेछ ।

नेपाल–बंगलादेश आर्ट फेस्टिभल अर्को साता
वैशाख १५, २०८१

रुभाना र आदर्शलाई तेस्रो किडस् काभ्रेको उपाधि

सिल्भर साइन इन्टरटेन्मेन्टको आयोजनामा सञ्चालित तेस्रो किडस् काभ्रेको उपाधि रुभाना मानन्धर र आदर्श बञ्जाराले पाएका छन् । 

रुभाना र आदर्शलाई तेस्रो किडस् काभ्रेको उपाधि
चैत्र २१, २०८०

पेन्टिङमा जमेका विष्णु

तातोपानी–६ धौलापानीका विष्णुदत्त न्यौपानेलाई यो समयमा होर्डिङबोर्ड र साइनबोर्ड लेख्न भ्याइनभ्याइ छ । उनी उपभोक्ता समितिका होर्डिङबोर्डदेखि सरकारी तथा गैरसरकारी कार्यालयका ब्यानर लेख्न अहिले व्यस्त छन् ।

पेन्टिङमा जमेका विष्णु
चैत्र १३, २०८०

'अनिच्च'मा ८ कलाकारका कला

संसारका ८ चर्चित कलाकार मिलेर 'अनिच्च' शीर्षकमा कला प्रदर्शनी गर्दैछन् । बौद्धस्थित लिच्छवि हाउसमा आयोजित साता लामो कला प्रदर्शनीमा विभिन्न पृष्ठभूमिबाट आएका कलाकारले अनित्यको भाव प्रस्तुत गरेका छन् ।

'अनिच्च'मा ८ कलाकारका कला
चैत्र १२, २०८०

राजधानीमा प्रादेशिक कला प्रदर्शनी सुरु, पर्यटनमन्त्री तामाङद्वारा उद्घाटन

काठमाडौँमा आजदेखि ‘वाग्मती प्रादेशिक ललितकला प्रदर्शनी-२०८०’ सुरु भएको छ । प्रदर्शनी उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले यस कार्यक्रममार्फत वाग्मती प्रदेशका कलालाई नजिकबाट चिन्ने अवसर पाएको बताए । यो प्रदेशस्तरीय प्रदर्शनीको अन्तिम कायर्यक्रम हो । यसअघि छ प्रदेशमा प्रादेशिक प्रदर्शनी सम्पन्न भइसकेको छ । 

राजधानीमा प्रादेशिक कला प्रदर्शनी सुरु, पर्यटनमन्त्री तामाङद्वारा उद्घाटन
चैत्र ३, २०८०

चित्र कोर्न रमाइरहेका युवा

एक हातमा ब्रस । अर्कोमा पेन्टको भाडो । ब्रस पेण्टमा डुबाउँदै पर्खालमा थारु संस्कृति झल्किने चित्र कोरिरहेका छन् भीमदत्त नगरपालिका–१८ सालघारीका २९ वर्षीय धनबहादुर चौधरी । थारु पहिरनमा सजएका महिलाहरुको चित्र कोरिरहेका उनी यही पेशामा रमाइरहेका छन् ।

चित्र कोर्न रमाइरहेका युवा