सेयरकाष्ट इनिसियटिभ्सले सन् २०१७ को फेब्रुअरीमा सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालमा जनसंख्याको ५२ दसमलव ८ प्रतिशतका घरमा रेडियो सेट छन् । ७२ प्रतिशतका घरमा टेलिभिजन सेट र झन्डै ९८ प्रतिशत घरधुरीमा मोबाइल सेट छ । यस हिसाबले प्रयोगका दृष्टिकोणले पनि रेडियो निकै चुनौतीपूर्ण स्थानमा छ ।