कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

दोश्रो चरणमा लोकसभाका ८८ सिटका लागि मतदान

राजेश मिश्र

नयाँ दिल्ली — भारतमा लोकसभाको दोस्रो चरणको निर्वाचन शुक्रबार सम्पन्न भएको छ । विभिन्न प्रदेशका ८८ सिटमा दोस्रो चरणमा मतदान भएको हो । 

दोश्रो चरणमा लोकसभाका ८८ सिटका लागि मतदान

कांग्रेस नेता राहुल गान्धी, शशी थरूर तथा भाजपा नेता लोकसभा अध्यक्ष ओम बिरला, हेमा मालिनी, केन्द्रीय मन्त्री राजीव चन्द्रशेखर जस्ता ‘हेवी वेट’ नेताहरु राजनीतिक भविष्यको निर्णय मतदाताले दिएका छन् । परिणाम भने ४ जुनामा मात्रै आउने हो । गान्धी केरलको वायनाडबाट चुनाव लडेका छन् । अघिल्लो पटक उनी त्यहाँबाट जितेका थिए ।

केरलको २०, कर्नाटकको १४, राजस्थानको १३, महराष्ट्र र उत्तरप्रदेशको ८/८ सिटमा मतादान हुनेछ । त्यस्तै, मध्यप्रदेशको ६, बिहार र असमको ५/५, छत्तिसगढ् र पश्चिम बंगालको ३/३ सिटमा दोस्रो चरणमा मतदान भएको हो ।

त्यस्तै, मणिपुर, त्रिपुरा र जम्मु–कश्मिरको १/१ सिट मा मतदान भएको छ । दोस्रो चरणपछि केरल, राजस्थान र त्रिपुराको राज्यको सबै क्षेत्रको मतदान पूरा भएको छ । पहिलो चरणमा तलिलनाडु, उत्तराखंड, अरुणाचल प्रदेश, मेघालय, अंडमान निकोबार, मिजोरम, नागालैंढ, पुड्डुचेरी, सिक्किम र लक्षद्वीपको मतदान पूरा भएको थियो । पहिलो चरणमा १ सय २ सिटमा मतदान भएको थियो ।

प्रारम्भिक जानकारी अनुसार उत्तर प्रदेश, बिहार र महाराष्ट्रमा अपेक्षित भन्द कम मतदान भएको छ । तीनवटै प्रदेशका निर्धारित सिटहरुमा ५३ प्रतिशत हाराहारी मत खसेको जनाइएको छ । प्रथम चरणमा पनि बिहार, उत्तर प्रदेश र उत्तराखण्डमा मतदान कम भएको थियो ।

असम, पश्चिम बंगाल, त्रिपुरा र छत्तिसगढमा ७० प्रतिशत भन्दा बढी मतदान भएको छ । दोस्रो चरणमा नेपालसँग सीमा जोडिएको पश्चिम बंगालको दार्जलिङ र बिहारको किसनगंज निर्वाचन क्षेत्रमा मतदान भएको हो ।

प्रकाशित : वैशाख १४, २०८१ १९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?