आशाको किरण छरेर जान्छदुःखको बाढी तरेर जान्छगर्नेले केही गरेर जान्छनगर्ने त्यसै मरेर जान्छवि.सं. २०७९ को ११३ औं लक्ष्मीजयन्तीको उपलक्ष्यमा अनेसास न्यु साउथवेल्स च्याप्टर सिड्नीमा मैले यी हरफ वाचन गर्दै गर्दा मेरा बालाई फेसबुक लाइभमा कसैले देखाइदिएको रहेछ । साँझ मेसेन्जरमा भिडियो कल हुँदा भन्नुभएको थियो, ‘गजब कविता वाचन गर्यौ ।
शिक्षण पेसामा आबद्ध सर्वपल्ली राधाकृष्णन सन् १९६२ मा भारतका राष्ट्रपति भए । एउटा शिक्षक राष्ट्रपति हुँदा सारा भारतीय शिक्षा जगत् पुलकित भयो । शिक्षकहरूमा खुसीको सीमा रहेन । उनीहरूले हर्षविभोर हुँदै भनेका रहेछन्, ‘यो शिक्षण पेसाको गौरवको विषय हो । यसले सारा शिक्षकको इज्जत बढाएको छ ।’ यस सन्दर्भलाई लिएर ओसो रजनीशले एउटा रोचक कुरा भनेका थिए, ‘कुनै पनि शिक्षक राष्ट्रपति हुनु भनेको शिक्षण पेसाका लागि कुनै गौरवको विषय होइन । शिक्षण पेसाको गौरव त्यति बेला बढ्छ जति बेला एउटा राष्ट्रपति भइसकेको मानिस शिक्षण पेसामा फर्किन्छ ।’
स्टिभ जब्स नामी उद्योगपति थिए । एप्पलले संसारमा नयाँ तरङ्ग ल्याएको बेला राष्ट्रपति बाराक ओबामा स्टिभलाई भेटेर राष्ट्र सुधारका केही सुझाब लिन चाहन्थे । स्टिभ जब्सले भनेछन्, ‘शिक्षा सबै कुराको मेरुदण्ड हो । शिक्षा सुधार्यो भने अरू सबै कुरा सुधारिन्छन् । त्यसैले आउनुस् हाम्रो शिक्षा प्रणाली सुधार गरौँ ।’ अमेरिकीहरूले शिक्षा सुधारमा के कसर बाँकी राखेका थिए होलान् ? उनीहरूले गर्न बाँकी के थियो होला ? अध्ययन, अनुसन्धान, विश्लेषण, लगानी ? तर, सधैं सुधारको खाँचो देख्छन् । शिक्षामा नयाँ प्रयोग र परीक्षणलाई प्रोत्साहन गरिरहन्छन् । प्रचलित मानिएका राम्रा विषयको पनि उम्दा विकल्प खोजी गर्छन् । हाम्रो कुरा भने अलग छ ।
आज हामी शिक्षाका नाममा स्कुलमा जे गरिरहेका छौं, त्यसले केटाकेटीको आत्मा, तिनको चरित्र र अस्मितालाई नराम्ररी ध्वस्त पार्दै छ,’ अमेरिकी शिक्षाविद् जोन हल्टको यस भनाइले शिक्षाका नाममा हुने गरेका सजायलाई संकेत गर्छ । शिक्षार्थीको जीवनलाई ध्वस्त पार्ने विभिन्न तत्त्वमध्ये एक हो– सजाय ।