राजेन्द्रसिंह भण्डारी

राजेन्द्रसिंह भण्डारी नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक हुन् ।

राजेन्द्रसिंह भण्डारीका लेखहरु :

अनुसन्धानमा तर्क होइन, तथ्य

भनिन्छ, कानुनको हात लामो हुन्छ । यही लामो हातको फन्दामा ढिलोचाँडो सबै अपराधी पर्ने गर्छन् । तर, ‘माछा–माछा भ्यागुता’ को खेलले अनुसन्धानलाई तार्किक निष्कर्षमा पुर्‍याउँदैन । यहाँ बुझ्नुपर्ने कुरा, कानुनको त हात मात्रै लामो हुन्छ, अपराधीको त हात मात्रै लामो होइन खुट्टा पनि दह्रो हुने गर्छ ।

गृहमन्त्रीलाई चुनौतीसँगै अवसर

जसरी क्रिकेटलाई अनिश्चितताको खेल मानिन्छ, नेपालको राजनीति पनि यस्तै खेलमा परिणत हुन थालेको इतिहास लामै छ । राजनीतिका पल्टुरामहरूले जतिबेला पनि राजनीतिलाई उलटपलट गर्ने सम्भावनालाई हाम्रो निर्वाचन पद्धतिको अंकगणितले थप सहजीकरण गरिदिएकै छ । अप्रत्याशित जे पनि हुन सक्ने घटनाको ढोका बन्द हुने छाँट अझै देखिँदैन ।

माकुरे जालोमा ठूला माछा पर्दैनन् !

‍‘हैसियत भएकाले कैफियत गरेमा बात लाग्ने छैन’ भन्ने कानुनी दफालाई नेपालको कानुनमा कहीँकतै उल्लेख गरिदिए फरक नपर्ला ! कानुन निर्धालाई कज्याउन र ठूलाले आफ्नो स्वार्थको दुनो सोझ्याउनका लागि गरिएको राज्य प्रबन्धन मात्र हो भने ठूला–बडालाई जिस्काउन वा वैधानिक रूपमा चोख्याउनका लागि मात्र किन कारबाहीको रणनीतिक रडाको मच्चाइरहनुपर्‍यो ? 

प्रहरी र प्रदर्शनकारी : कित्ता फरक, व्यथा उस्तै

प्रसंग एक : टीकापुर घटना घटनाको अघिल्लो दिन मधेशकेन्द्रित दलका सबैजसो नेता टीकापुर पुगे, आमसभा गरे, उपस्थित भीडलाई मधेशको अधिकारका लागि बलिदान दिन तयार रहन र सो कार्यका लागि सबैले आफूसँग घरेलु हतियार बोक्न, सरकारको प्रतिकार गर्न फर्मान जारी गरे ।

खेर गएको एक वर्ष

लोकतन्त्रमा विधिको शासन सञ्चालन गर्ने हो भने समयको अवधिको आफ्नै विशिष्ट महत्त्व रहने गर्छ । ३६५ दिन अर्थात् साढे आठ हजार घण्टाभन्दा बढी सरकारको यो अवधिमा सम्झनलायक साढे आठ काम पनि हुन सकेनन् । गठबन्धन र ठगबन्धनको सन्तुलन र दबाबको गर्भबाट जन्मेको सरकारको काम नै शक्ति सन्तुलन र लेनदेनको व्यवस्थापन गर्नु रहेको छ ।

जस्ता नेता-कार्यकर्ता छन्, हुने नै तस्करी हो 

सुन तस्करीको प्रसंग फेरि समाचारहरूमा आयो । जति ठूलो परिमाणमा बरामद भए पनि सुन तस्करीको निरन्तरतामा क्रमभंगता नहुनुको प्रस्ट सन्देश हो— यो तस्करी राज्य संरक्षित र संगठित रूपमा निर्बाध भइरहेको छ र अपवादमा तस्कर समूहबीचको स्वार्थ–बेमेलका कारण बरामद हुने गरेको छ ।

उपेक्षित प्रहरीका अपेक्षित आकांक्षा

सुख, शान्ति र समृद्धिको अपेक्षित फलको परिणाम आम नागरिकको पोल्टामा कहिले पर्ने हो, ठेगान छैन । न्याय र अन्यायबीचको खाडल पुर्न अहोरात्र कर्तव्यपरायण रहने प्रहरीको भरमग्दुर व्यावसायिक प्रयासका बावजुद कति रिगल अझै लिगल हुँदै जाने हुन्, अत्तोपत्तो छैन ।

दण्डहीनताको विकल्प उद्दण्डता होइन

रिगल कानुनबमोजिम नै छुटे । रिगल अब लिगल भैसके । कानुनले नै असल आचरणको सभ्य, संस्कारी र गुणकारी मानवको पगरी लगाइदिएपछि अब उनी सबै तरुणका अनुकरणीय युवा नेतामा रूपान्तरण भैसके ।

तोकी–तोकी कारबाही ?

उस्तै तथ्य र प्रमाणका आधारमा कसैलाई झ्याप्पै समात्ने, कसैलाई निजको व्यवहारका आधारमा कोट्याईकोट्याई, निहुँ खोजीखोजी कारबाही गर्ने । उही व्यक्ति, उही पात्रलाई निर्वाचनमा उम्मेदवार बनाउँदा महान् समाजसेवी देख्ने र गरिमामय व्यवस्थापिकामा शपथ खुवाउनेहरू, के निजको विगत र वर्तमानका विषयमा अनभिज्ञ थिए होलान् ?

नबरालियोस् प्रहरी अनुसन्धान

गोजीमा धन भएका र राज्यसत्तामाथि आपराधिक मन भएकाबीचको अवैध कोखबाट जन्मेका भ्रष्टाचारी नामक सन्तानहरूले अहिले डाँडाकाँडा ढाकेका छन् । लोकतन्त्रकै मलजलमा हुर्केका यी सन्तानहरू हलक्क बढेका छन् ।