मिठो नारा लगाउनु र त्यही नारालाई भँजाएर गैरसरकारी संस्थाको मलिलो भूमि तयार गर्नु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हामी विचरा, कठैवरीका रूपले परिभाषित हुनु, कुन राजनीतिक पार्टी वा कुन राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले बढी भाग दिन्छ भनेर आशामुखी बनेर बस्नु हामी महिलाको नियति बनेको छ ।
एउटा नीति कथा मैले बच्चामा सुनेकी थिएँ— कुनै देशमा एउटा बच्चा छोरा रहेछ । त्यो छोरा मेरो हो भनी दुई महिलाले दाबी गर्दै त्यो छोरा मैले लान पाउनुपर्छ भनी झगडा गर्दारहेछन् । त्यो झगडा बढ्दै गएर राजासम्म पुगेछ ।