हिमाल न्यौपाने

ओलीको बेइजिङ आयाम

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण तयारीका क्रममा महत्त्वपूर्ण मुद्दामा धेरै बहस भएका छैनन् । त्यसका पछाडि केही स्वाभाविक तर्क छन् । जस्तै, ओलीले चुनावी अभियानमै विकासमा उत्तरको भरोसा आफूसँग छ भनेर चीनलाई तानिसकेकाले तयारीभन्दा धेरैले भ्रमणपछिको परिणामलाई पर्खेका छन् ।

सहर फेर्ने समय

पाँच डिग्री तापक्रम दुई साताको अन्तरमा एक्कासि उकालो चढ्दै छ । डेढ महिनाअघि माइनस बीस डिग्री थियो । तापक्रमको निकै उतार–चढाव भएको ठाउँ हो, चीनको उत्तर पूर्वी सहर छाङ्छुङ् । यो अहिले दिनुहुँजसो समाचारमा छाउने उत्तर कोरियाको सीमावर्ती चिनियाँ सहर हो ।

ओबर प्रवेशका अवसर र चुनौती

चिनियाँ सामथ्र्यको विस्तार मानिने बेल्ट एन्ड रोड इनिसियटिभ फ्रेमवर्क ‘ओबर’मा औपचारिक प्रवेशसँगै बेइजिङको बृहत फोरममा सहभागी भएर नेपालले एकैपटक दुइटा बाजी मारेको छ । पहिलो बाजी हो, भारतीय सतर्कतालाई थेगेर बेइजिङसँगको परम्परागत कसिलो सम्बन्धको सेतु चँ‘डेको छैन भन्ने सन्देश दिनु । ओबर चीनको रणनीतिक कदम भएकाले यस फ्रेमवर्कका सदस्यहरूले एकअर्काको अर्थ–राजनीतिकदेखि सामरिक साझेदारीमा जोडिएका छन् ।

नेपाल–चीन सैन्य कूटनीति

चिनियाँ रक्षामन्त्री छाङ वानच्यानले भर्खरै नेपाल भ्रमण गरेका छन् । नेपाल–चीनबीच पहिलोपटक हुनलागेको सैन्य अभ्यासको पूर्वसन्ध्यामा रक्षामन्त्री छाङले गरेको यो भ्रमणको विशेष अर्थ छ । नेपाल र चीनबीच सैन्य सम्बन्धमा विगतका उतार—चढावलाई हेर्दा यो भ्रमणसँगै संयुक्त अभ्यासको तहमा विकसित सम्बन्धको प्रभाव अझै गहिरो हुनेछ ।

चीनको ओबोर रणनीतिमा नेपाल

चीन, भारत र नेपालबीचको सम्बन्धमा केही समययता अलि बढी उतार—चढाव देखिएको छ । संवाद र सतर्कताको सेरोफेरोमा घुमिरहेका कूटनीतिक चालहरूले यो क्षेत्रमा दूरगामी असरहरू पार्ने निश्चितप्राय: छ । अघिल्लो साता चीन र भारतले बेइजिङमा रणनीतिक संवाद आयोजना गरे ।

हिमाल न्यौपानेका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।