हिमेश वज्राचार्य

शक्तिको पूजा

दसैं हाम्रा लागि विशेष पर्व किन हो भने यसमा हाम्रो सांस्कृतिक परम्परा र विश्वास लुकेको छ  । दसैंमा धार्मिक होस् अथवा दार्शनिक दुवै पक्षबाट शक्तिको पूजा गर्ने परम्परा छ  ।

स्वप्निल दरबारमार्ग

तीन सय मिटरभन्दा केही बढी दूरी । बोलीचाली र विज्ञापनमा अचेल काठमाडौंका धेरै मुटु छन् । तर, केन्द्रैचाहिँ दरबारमार्ग (किङ्स वे) हो । नेपालका कुलीन र उच्च मध्यमवर्ग जसरी खुलिरहेका छन्, जसरी आफूलाई बदल्ने प्रयासमा छन्, त्यसैको प्रतीक हो दरबारमार्ग ।

सधैं दाबेदार

फुटबललाई ‘ब्युटिफुल गेम’ भनेर नाम राख्ने अरू कोही होइन, ब्राजिली पेले थिए । उनलाई लाग्थ्यो, फुटबल आफैंमा सुन्दर छ । यो उनको अनुभव हो । फेरि अरूले पनि फुटबललाई ‘ब्युटिफुल गेम’ भन्छन्, किनभने पेलेको ब्राजिलले पस्कने फुटबल पनि त सुन्दर हुने गर्छ । भनिन्छ, युरोपेलीहरू दिमागले फुटबल खेल्छन्, ब्राजिलले मनले ।

युरोपको ‘रियल’ राजा

विश्वकप फुटबल सुरु हुन केही दिन मात्र बाँकी छँदा अहिले सबै त्यसैबारे मात्र चर्चा गर्न रुचाउँछन् । तर फुटबलमा एउटा विषय अझै बाँकी छ, विश्वकपभन्दा बाहेकको । त्यो अरू केही होइन, रियल म्याड्रिडकै बारे हो, उसले जितेको युरोपेली च्याम्पियन्स लिगसम्बन्धी । रियलले साँच्चै फेरि एकपल्ट युरोपेली च्याम्पियन्स लिग जितेको छ ।

हिमेश वज्राचार्यका लेखहरु :

कान्छीमायाको कमाल

सन् २००६ को कोलम्बो दक्षिण एसियाली खेलकुद । सुगतदासा स्टेडियम । यो नै श्रीलंकाली राजधानीको मुख्य रंगशाला हो । एथलेटिक्सका लगभग सबै प्रतिस्पर्धा यहीं भएका थिए । श्रीलंका एथलेटिक्समा बलियो थियो नै, त्यसमाथि भारतको दरिलो उपस्थिति । यस्तोमा महिला १० हजार मिटर दौडमा नेपाली खेलाडीले कुनै पदक जित्ने छ भनेर सोचिएकै थिएन ।

फुटबलले गुमाएको मणि

फुटबलमा झगडाका अनौठा किस्साहरू धेरै सुनिन्छन् । एउटा यस्तै घटना हो, ठमेल–११ र थ्री–स्टारका खेलाडी–समर्थकबीच दशरथ रंगशालामा भएको झगडा । यो ०३८ सालअगाडिको घटना हो, अनि अवसर सहिद स्मारक लिग । दशरथ रंगशालाको मैदान युद्धभूमिमा परिवर्तन भएको थियो । त्यति बेलाको त्यो खेल र झगडा हेर्नेहरू अझै भेटिन्छन् । समस्या के छ भने झगडाको कारणलाई लिएर ठमेल समर्थक एकथरी सुनाउँछन् भने थ्री–स्टारका शुभेच्छुक अर्कोथरी । 

अलबिदा ‘मणिदाइ’

नेपाली फुटबलसँग जति नजिक छन्, उनीहरूमध्ये सबै नयाँ पुस्ताका लागि मणि शाह ‘मणिदाइ’ हुन् । पछिल्लोपल्ट उनी सार्वजनिक रूपमा देखा परेका थिए, सानेपास्थित हेरिटेज गार्डेनमा भएको एन्फा निर्वाचनमा ।

त्रिपिटक पढ्न सजिलो

बुद्धले प्रवर्तित गरेको धर्म तथा स्थापना गरेको संघको प्रमाणित जानकारी दिने एक मात्र भाषा हो, पालि । त्यसैले पालि भाषा र त्यसका साहित्य कुनै पनि दृष्टिकोणले महत्त्वपूर्ण छ । सिद्धार्थ गौतमले २९ वर्षका गृहस्थी त्यागे, त्यसको छ वर्षपछि बुद्धत्व प्राप्त गरे । उनको महापरिनिर्वाण ८० वर्षको आयुमा भएको थियो । त्यो अर्थमा बुद्धले ४५ वर्षसम्म बुद्धले जे जति गरे, जो कोहीलाई जे सुनाए, त्यो सबै त्रिपिटकका रूपमा सुरक्षित छ ।