रमेशकुमार पौडेल

रमेशकुमार पौडेलका लेखहरु :

चेपाङ विद्यार्थीका लागि जापानबाट खाद्यन्न सहयोग

जापानको ओकायामामा कार्यरत नेपालीहरुले चितवनको पहाडी गाउँ राप्ती नगरपालिका–१३ लोथर कान्दाको कान्देश्वरी आधारभूत विद्यालयमा पढ्ने विदार्थीका लागि खाद्यन्न सहयोग गरेका छन् ।

सहारा सहकारीका पीडित बचतकर्ता सोध्छन् : जीबी राई अहिलेसम्म किन समातिएनन् ?

सहारा बहुउद्धेश्यीय सहकारी संस्थाका बचतकर्ताले फरार सञ्चालक जीबी राईलाई पक्राउ नगर्न सरकारले तदारुकता नदेखाएको बताएका छन् । शुक्रबार चितवनका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मालाई ज्ञापनपत्र बुझाउँदै सहाराका बचतकर्ताले राई पक्राउ नपर्नुमा प्रश्न उठाएका हुन् । 

कतार उड्दै रुद्रकली र खगेन्द्र

कतारका अमिर शेख तमिम विन हमाद अल थानीको स्वागतमा संघीय राजधानी काठमाडौं व्यस्त रहेका बेला चितवनमा पनि कतारका लागि खास तयारी चलिरहेको छ । नेपालीको प्रमुख रोजगार गन्तव्य रहेको कतार जाँदै छन्, सौराहाको खोरसोरमा हुर्केका पोथी हात्ती रुद्रकली र भाले हात्ती खगेन्द्रप्रसाद । सरकारले यी दुवै हात्ती कतार सरकारलाई उपहारस्वरूप पठाउन लागेको हो ।

बकैनाको डालीमा कोचलगाँडे [तस्बिर]

सुकेको धोद्रो रुखमा गुँड लगाउने ‘कोचलगाँडे’ लाटोकोसेरो आइतबार बिहान खैरहनी कठार गाउँमा बकैनाको हरियो रुखमा देखियो । भर्खरै पालुवा लागेको बगैनाको हाँगोमा दुईवटा ‘कोचलगाँडे’ घरि यता घरि उता गरिरहन्थे । प्राय सुर्यास्तपछि सक्रिय हुने पन्छी हो लाटोकोसेरो । तर सुर्योदय भएको लामो समयसम्म पनि ती जोडीले बकैनाको बुटो छाडेनन् ।

रैथाने ज्ञानको चर्चा चलाउँदै प्रज्ञा प्रतिष्ठान

नेपाल प्रज्ञा प्रतिष्ठान भाषा र साहित्यमा काम गर्दै आएको निकाय हो । प्रतिष्ठानका कुलपति भूपाल राई भन्छन्- ‘धेरैलाई प्रज्ञा प्रतिष्ठान भनेको के हो भन्ने मेसो छैन । थाहा हुनेले पनि भाषा र साहित्यको काम गर्ने संस्था हो भन्ने बुझ्छन् ।’ तर प्रतिष्ठानको दायरा फराकिलो बनाउने उनले बताए । शनिबार भरतपुरमा आयोजित कार्यक्रममा उनले प्रतिष्ठानले संस्कृति, समाजशास्त्र र मौखिक इतिहास बारे पनि सुन्ने घोषणा गरे ।

गैंडाले लियो गाइडको ज्यान

पर्यटक घुमाउन चितवन निकुञ्ज गएका एक पथप्रदर्शक (टुरिस्ट गाइड) को शनिबार गैंडाले आक्रमण गर्दा निधन भएको छ । गोरखा आरुघाट गाउँपालिका–८ पोखरी घर भई चितवन रत्ननगर नगरपालिका–६ सौराहामा डेरा गरी बसेका जंगल बर्ड रिसोर्ट सौराहाका गाइड ३३ वर्षीय सुवास रेग्मीको आक्रमणमा परी ज्यान गएको हो ।

बढ्दै आगलागी, गुम्दै जीउधन

डोल्पाको ठूलीभेरी नगरपालिका–३ स्थित मष्टाभवानी सामुदायिक वनमा डढेलो निभाउने क्रममा घाइते भएका तीन सैनिकको उपचारका क्रममा मृत्यु भयो । देवीदत्त गुल्मका सिपाही ३८ वर्षीय जमदार केशवबहादुर जर्घा मगर र २३ वर्षीय सिपाही आशिष बुढाको कीर्तिपुरस्थित बर्न अस्पतालमा मंगलबार मृत्यु भएको हो भने २४ वर्षीय हेमन्त रावतको डोल्पा अस्पतालमा उपचारकै क्रममा सोमबार मृत्यु भएको थियो । डढेलो निभाउने क्रममा घाइते अर्का एक सैनिक जवानको कीर्तिपुरमा उपचार भइरहेको छ । 

विशाल देवी ताल बिलाउने खतरा

देवी ताल चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको सवैभन्दा ठुलो ताल हो । वि.स. २०३० सालमा निकुञ्ज औपचारिक रुपमा स्थापना हुनुभन्दा अगाडिबाटै यसको सीमांकनका लागि खटेका र प्रमुख संरक्षण अधिकृतसम्म भएर अवकाश पाएका रामपृत यादव पानी नै पानीले भरिएको ताल देख्दा छक्क परेका थिए । ताल आडमा पानी खान र आहाल बस्न पाँच १० वटा गैंडा कहिल्यै छुट्दैन थिए भन्छन् उनी ।

मामाको हत्या आरोपमा एक जना पक्राउ 

मामालाई कुटपिट गरेर ज्यान लिएको आरोपमा चितवन प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इच्छाकामना गाउँपालिका-१, हात्तीबाङ काउले ज्यानदालाका २३ वर्षीय लोकबहादुर चेपाङ रहेका छन् । लोकबहादुरको कुटपिटका कारण मामा नाता पर्ने ४२ वर्षका चन्द्रबहादुर चेपाङको मृत्यु भएको प्रहरीको भनाइ छ ।