संजोग मानन्धर

संजोग मानन्धरका लेखहरु :

दसैं उमंग

यसपालिको दसैं घरआँगनमा भित्रिएको छ । बजारमा किनमेल गर्ने, चाडलाई खानपान जोहो गर्नेको भीडले सहरबजार चलायमान छन् । लिंगेपिङको चचहुई र चंगा चेट्ले दसैं आगमनलाई अझ रौनक थपेका छन् । राजधानी र ठूला सहरबाट घर फर्कनेको लर्कोले सार्वजनिक सवारीसाधनमा भीड थामिनसक्नु छ ।

'मिटरब्याज सम्बन्धी कानुन तत्काल पारित गर'

मिटरब्याजलाई अनुचित लेनदेनका रुपमा कानुनी परिभित गरी दण्डनीय हुने गरी मौजुदा कानुनमा संशोधन गर्न सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएपछि मिटरब्याज पीडितहरू फेरि संघर्षमा उत्रिएका छन् । आइतबार उनीहरूले मिटरब्याजीलाई कारबाही गर्ने गरी कानुन ल्याउन माग गर्दै प्रदर्शन गरेका छन् ।

काठमाडौंमा ‘गौरव यात्रा’

लैंगिक अल्पसंख्यक समुदायका अगुवाहरूले पाँचौं नेपाल गौरव यात्रा मनाइरहेका छन् । अंग्रेजी मिति अनुसार जुन महिनालाई उनीहरू 'प्राइड मन्थ' अर्थात् गौरव महिनाको रुपमा मनाउने गर्छन् । शनिबार पनि लैंगिक अल्पसंख्यक समुदायका अभियन्ताहरू काठमाडौंको शान्तिबाटिकामा भेला भएर 'प्राइड परेड' (गौरव यात्रा) निकालेका छन् ।

चान्हेसिया जात्रा

मध्यपुरथिमीको प्रसिद्ध सांस्कृतिक एवम् ऐतिहासिक बिस्का (बिस्केट) जात्राको दोस्रो दिन वैशाख १ गते बिहान चान्हेसिया अर्थात् रात्रिकालीन जात्रा मनाइएको छ । चान्हेसिया जात्राका बेला बालकुमारी द्यो लायकू दरबारबाट बालकुमारी मन्दिरमा लगिन्छ, त्यसपछि दक्षिण बाराही गण जात्रा गरिन्छ जसमा हरिसिद्धी (हिचो द्यो) र अजिमाको ख:त जात्रा गराइन्छ ।

कोरियाबाट त्रिभुवन विमानस्थल आइपुगे १७ करोड मूल्यका साँढे र बाछी [फोटोफिचर]

दक्षिण कोरियबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साढे १७ करोड रुपैयाँ मूल्य बराबरका कोरेली बाछी र साँढे आइपुगेका छन् ।  नेपाल सरकारले गणतन्त्र कोरियाको कृषि, खाद्य तथा ग्रामीण मामिला मन्त्रालयको स्वीकृतिमा बिहीबार ३६ वटा कोरेली बाछी र ६ वटा साँढे उपहारस्वरुप ल्याएको हो ।

फुटपाथका मोटरसाइकल उठाउँदै महानगर

काठमाडौं महानगरपालिका अन्तर्गत महानगर प्रहरी पछिल्लो समय अनधिकृत संरचना भत्काउने काममा सक्रिय देखिएको छ । विशेषगरी बालेन्द्र शाह महानगरको प्रमुखमा निर्वाचित भएपछि महानगर प्रहरीलाई नियम उल्लंघन भएका ठाउँमा सक्रिय रुपमा खटाइएको छ ।मंगलबार नियम विपरीत फुटपाथमा पार्किङ गर्ने मोटरसाइकल चालकहरू महानगर प्रहरीको निशानामा परेका छन् ।

भक्तपुरमा आरती बालेर नगर परिक्रमा [तस्बिरहरु]

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व शुक्रबार देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाएका छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन छ ।

यसरी मनाइयो भक्तपुरमा घण्टाकर्ण पर्व [तस्बिरहरु]

भक्तपुरको दत्तात्रय मन्दिर परिसरमा गठेमंगल नाम गरेको राक्षसको पुत्ला दहन गरेर घण्टाकर्ण पर्व मनाइएको छ । यो पर्व साउन कृष्ण चतुर्दशीका दिन उपत्यकाभरि मनाइन्छ । घण्टाकर्ण चतुर्दशीलाई गथामुंगः च:हे भनेर चिनिन्छ। साउन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्व परापूर्वकालदेखि नेवार समुदायले मनाउँदै आएका छन् । गोपाल वंश अनि लिच्छवि वंशदेखि यो पर्व मनाइँदै आइएको हो ।

पहिले यता हेर महानगर

काठमाडौं महानगरले फुटपाथमा व्यापार गर्नेलाई निषेधको नीति लिएको छ । त्यही नीति कार्यान्वयन गर्न नगर प्रहरीको एउटा टुकडीले फुटपाथमा व्यापार गर्नेलाई हटाउँछ । यस क्रममा शुक्रबार बालुवाटारमा सडकछेउमा मकै पोलेर बेचिरहेका एक दम्पतीको ठेलागाडा नियन्त्रणमा लियो । र, उनीहरुमाथि सामान्य मानवीय व्यवहारसमेत गरिएन ।

'महँगो प्लेट चाहिँदैन, जनताको ढाड सेक्न पाइँदैन'

सरकारले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडानका लागि अस्वभाविक र अव्यवहारिक रुपमा मूल्य तोकेको भन्दै नेकपा एमाले निकट राष्ट्रिय युवा संघले विरोध प्रदर्शन गरेको छ ।