भारती पोखरेल

बोक्सीको मापदण्ड के ?

१०८ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदै गर्दा कैलालीको एक थारु बस्तीमा बोक्सीको आरोपमा १८ वर्षीया राधा चौधरीलाई बर्बरतासाथ कुट्नु र त्यहाँ उपस्थित जनसमूहले कुनै चलचित्रको दृश्य हेरेझैं गरी मनोरञ्जनसाथ हेरिरहेको देख्दा कोही पनि मर्द नभए जस्तो लाग्यो ।

हिंसाविरूद्ध आवाज उठाऔं

‘स बै जुटौं, कोही नछुटौं’ भन्ने नाराका साथ यस वर्षको महिला हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेको छ । हामीले यसरी नै प्रत्येक वर्ष महिला हिंसाविरुद्धको अभियान चलाउँदै आएका छौं । तर हिंसा भने भइनै रहेको तथ्यांकहरूले देखाउँछन् ।

महिला उम्मेदवारीमा कन्जुस्याइँ

प्रतिनिधि र प्रदेशसभाको पत्यक्षतर्फको निर्वाचनमा राजनीतिक दलहरूले अत्यन्तै थोरै महिलालाई मात्र उम्मेदवार बनाएका छन् । संघीय संसद्मा ३३ प्रतिशत महिलाको अनिवार्य उपस्थिति हुनुपर्ने संवैधानिक प्रावधान भए पनि दलहरूले महिलालाई टिकट दिन कन्जुस्याइँ गरे ।

शास्त्रमा पनि लैंगिक भेदभाव

सोह्र श्राद्ध भन्नु पितृपक्ष नै हो । यो पितृपक्षमा आफ्ना दिवङ्गत पितृहरूको स्मरण गर्दै उनीहरूप्रति श्रद्धा सम्मान अर्पण गरिने कार्यलाई श्राद्ध भनिन्छ । यो श्राद्ध गर्ने परम्परा हाम्रो समाजमा पौराणिक कालदेखि नै चलिआएको हो ।

दलित महिलालाई मौका

विराटनगर उपमहानगरपालिकाको एउटा वडामा दलित महिला कोटामा उम्मेदवारी दिन तीनजना तयार भए । तर तीमध्ये दुई महिलाको नागरिकता नै रहेनछ । अर्की महिला साधारण लेखपढ गर्नु पनि नसक्ने ।

भारती पोखरेलका लेखहरु :

नर्सिङ पेसाको मर्का

कुनै बेला नर्सिङ पेसालाई नराम्रो, दु:खी पेसाका रूपमा लिने गरिन्थ्यो । त्यसबेलाको सामाजिक परिवेश नै त्यस्तै थियो । छोरी, बुहारीले घरबाहिर गएर काम गर्नु भनेको अपराधसरह मानिन्थ्यो । त्यसमा पनि नर्सको काम त गर्नै नहुने भन्ने धारणा समाजमा थियो भने अर्कोतर्फ छोरीहरूलाई शिक्षा दिनुहुन्न भन्ने सोच पनि कायमै थियो ।