दिपेन्द्र शाक्य

३३ केभी प्रसारणमा समस्या, तीन जिल्लामा स्थानीय उत्पादन

३३ केभी प्रसारण लाइनमा समस्या आएपछि नेपाल विद्युत् प्राधिकरण खाँदबारीले केही दिन यता स्थानीय स्तरमा उत्पादित विद्युत् प्रयोग गरेको छ । जिल्लाका विभिन्न स्थानमा उत्पादित बिजुली केन्द्रीय प्रसारण लाइनमा जोड्ने गरिएको छ । हावाहुरी र लगातारको वर्षात्ले ३३ केभीका विद्युतका पोल भाँचिएका र तार चुँडिएकाले मर्मतमा समस्या छ ।

अरुण तेस्रोको पावर हाउसमा बम विस्फोट, सुरुङ खन्ने बुमर र जेनेरेटरमा क्षति

९ सय मेगावाटको संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावरहाउस पुखुवामा अज्ञात समूहले बम विस्फोटन गराएका छन् । बिहीबार राति चिचिला गाउँपालिका–३, पुखुवामा रहेको पावरहाउसस्थलमा ३ वटा बम विस्फोट गराएको प्रहरी निरीक्षक रामेश्वर पण्डितले जानकारी दिए ।

अरुण तेस्रोको शिलान्यास: ‘सन् २०२२ भित्र उत्पादन गरिछाड्छौं’

अरुण तेस्रो जलविद्युत् आयोजना प्रभावित क्षेत्र नुमका दुर्गाबहादुर पराजुली अब परियोजना निर्माण हुनेमा ढुक्क छन् । शुक्रबार साँझ प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले एकैसाथ परियोजना शिलान्यास गरेपछि स्थानीयमा खुसी छाएको छ ।

तीन हिमाली जिल्ला इन्टरनेटमा जोडिँदै

एक नम्बर प्रदेशका तीन हिमाली जिल्लाका सबै वडा इन्टरनेटमा जोडिने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बु जिल्लाका सबै वडामा इन्टरनेट पुर्‍याउने भएको हो । तर त्यसका लागि एक वर्ष पर्खनुपर्नेछ ।

दुई नगरपालिकाबीच सीमा विवाद चुलियो

तेह्रथुमको लालीगुराँस र संखुवासभाको धर्मदेवी नगरपालिकाबीचको सीमा विवाद चुलिएको छ । विवादले पर्यटकीय क्षेत्र तीनजुरे डाँडामा निर्माण भइरहेको सुविधासम्पन्न भ्यु टावर प्रभावित भएको छ ।

दिपेन्द्र शाक्यका लेखहरु :

यात्रु दोहोरो मारमा

खाँदबारीबाट धनकुटाको हिलेसम्म यात्रा गर्ने यात्रु हिउँदमा धुलाम्मे र वर्षात्मा हिलाम्मे हुनुपर्ने बाध्यता छ । बल्लतल्ल वर्षामा चल्ने यो सडक यति बेला धूलोले कुहिरीमण्डल हुन्छ । खाँदबारीको सभाखोलाबाट धनकुटाको हिलेसम्मको ५२ किलोमिटर सडकमा यात्रा गर्ने यात्रुले दोहोरो सास्ती व्यहोर्नु परेको छ ।