विनाेद पाण्डे

फाइनलमा पोखरा पल्टन

घरेलु टोली पोखरा पल्टन अन्तिम दिनको नाटकीय समीकरणपछि नमस्ते पोखरा प्रिमियर लिग क्रिकेटको फाइनल पुगेको छ  । राउन्ड रोबिनको समाप्तिमा पोखरासँगै चितवन राइनोज, हुलास काठमाडौं रोयल्स र एक्सपर्ट धनगढी ब्लुजको समान ६ अंक थियो  ।

पीपीएल : बुटवल ब्लास्टर्सले पोखरा पल्टनलाई ३३ रनले हरायो

बुटवल ब्लास्टर्सले नमस्ते पोखरा प्रिमियर लिगमा लगातार दोस्रो विजय हात पारेको छ । आइतबार पोखरा टाइटन्सलाई ३३ रनले पराजित गरी बुटवलले विजय यात्रालाई जारी राखेको हो । 

पीपीएल : धनगढीको पहिलो विजय, विराटनगर फेरि पराजित 

एक्सपर्ट धनगढी ब्लुजले नमस्ते पोखरा प्रिमियर लिगमा पहिलो विजय हात पारेको छ । आइतबार विराटनगर टाइटन्सलाई ७८ रनले पराजित गरी धनगढीले विजयको खाता खोलेको हो ।

पीपीएल : काठमाडौं रोयल्स १७ रनले विजयी

गौरव तोमारको सानदार ब्याटिङमा हुलास काठमाडौं रोयल्सले नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) मा विजयी सुरुआत गरेको छ । काठमाडौंले शनिबारको दोस्रो खेलमा एक्सपर्ट धनगढी ब्लुजलाई १७ रनले पराजित गर्यो । 

पीपीएल : साेमपाल चम्किएपछि बुटवल ७० रनले विजयी

सोमपाल कामीले सानदार बलिङ गर्दै ४ विकेट लिएपछि बुटवल ब्लास्टर्सले पोखरा प्रिमियर लिगमा चितवन राइनोजलाई ७० रनले स्तब्ध पारेको छ ।

विनाेद पाण्डेका लेखहरु :

पीपीएल अक्सन: पारस र शरदको अनुभवी टोली

राष्ट्रिय टोलीका कप्तान पारस खड्का र शरद भेषावकरले आफ्नो अनुभवको पोखरा प्रिमियर लिग (पीपीएल) को अक्सनमा भरपूर सदुपयोग गरेका छन् ।

नेपालले क्यूपीआरसँग खेल्ने

नेपाली राष्ट्रिय फुटबल टोलीले इंग्लिस फुटबल टोली क्विन्स पार्क रेन्जर्स (क्यूपीआर) सँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । सबै प्रक्रिया सहज रूपमा अगाडि बढेमा नेपालले इंग्लिस प्रिमियर लिगको पूर्व टोलीसँग २०१९ को मेमा खेल्नेछ । खेल क्यूपीआरकै मैदानमा हुनेछ ।

पारसले बंगलादेशमा हुने इमर्जिङ टिम्स कप पनि नखेल्ने

नेपालका कप्तान पारस खड्काले बंगलादेशमा मार्च २५ देखि अप्रिल ४ मा हुने इमर्जिङ टिम्स कप नखेल्ने बताएका छन् । रिकरेन्ट एपेन्डिसाइटिस बिथ इन्टेसनाइनल अब्स्ट्रक्सन भएकाले अत्याधुनिक क्यामेरा प्रविधिबाट एड्हेसियालाईसि तथा की होल सर्जरी (गुजुल्टिएका आन्द्राहरू मिलाउने) एवं इमर्जेन्सी ल्याप्रोस्कोपिक एपेन्डिक्टोमी गरिएको थियो ।

केन्यामाथि नेपालको ७ विकेटको जित

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको केन्याविरुद्धको नेपालले सात विकेटको जित निकालेको छ । यसअघि ब्याटिङ गरेको केन्याले नेपाललाई १५६ रनको लक्ष्य दिएको थियो । यो खेलको जीतस‌ंगै नेपालले विश्व च्याम्पियनसीपमा ८ अ‌क जोडेको छ ।