तस्बिर : केशव थापा

तस्बिर : केशव थापाका लेखहरु :

सरस्वती मन्दिरमा श्रद्धालुको भीड

हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमीमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी बुधबार देशभर मनाइँदै छ। वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या र बुद्धि बढ्ने जनविश्वास छ । देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्ने गर्छ ।

चिकित्सक कुटिएको विरोधमा प्रदर्शन

पोखरास्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात भएको विरोधमा चिकित्सकहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । काठमाडौंस्थित माइतीघर मण्डलमा ‘कुटाइ खाने कहिलेसम्म’‚ ‘डाक्टर कुट्न पाइँदैन’‚ ‘स्वास्थ्यकर्मीविरुद्धको हिंसा बन्द गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर चिकित्सकहरू प्रदर्शनमा उत्रिएका हुन् । यसअघि पनि हेटौंडालगायतका स्थानमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो ।

वाग्मती किनारमा वृक्षारोपण

एनसेलको १८ औं वार्षिकउत्सवको अवसरमा ललितपुरको कुपन्डोल वडा नम्बर १ मा वृक्षारोपण गरिएको छ । ललितपुर महानगरपालिकासँगको सहकार्यमा बिहीबार करिब २०० रुखका बिरुवा रोपिएको हो ।

विश्वकर्मा पूजा मनाइँदै

प्रत्येक वर्ष असोज १ गतेका दिन मनाइने विश्वकर्मा पूजा आज सवारी साधन, फलाम उद्योग तथा अन्य धातुजन्य कलकारखानामा पूजाआजा गरी मनाइँदै छ । विश्वकर्मा पूजाका अवसरमा बिहानैदेखि कलकारखानामा रंगीचंगी ध्वजापताका टाग्नुका साथै विशेष पूजा गरिएको छ ।

लच्छीको दुःख गाइरहेको सहनाइ

पुस्तक पढ्दा हामी कल्पनाको छुट्टै महासागर पुग्छौं । तर, जब त्यही पुस्तक मञ्चमा उतारिन्छ, तब त्यसले टेक्स्टभित्रका पात्र र परिवेशको दृश्य पस्किदिन्छ । कल्पनालाई दृश्यमा उतार्नु चुनौतीपूर्ण हुन्छ ।

नेम्वाङको पार्थिव शरीर अस्पतालबाट पार्टी कार्यालय लगियो

संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालबाट ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालय लगिएको छ ।

शुल्कवृद्धिको विरोधमा नेविसंघको प्रदर्शन (तस्बिरहरू)

नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले मंगलबार त्रिभुवन विश्वविद्यालय पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका डिन शशिधर राम जोशीको कार्यकक्ष परिसरमा प्रदर्शन गरेको छ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले गरेको शुल्क वृद्धि फिर्ता गर्न माग गर्दै नेविसंघका विद्यार्थीले डिन जोशीको पुत्ला बनाएर विरोध जनाएका हुन् ।

बिजुली बजारका अवैध संरचना भत्काउँदै महानगर

काठमाडौं महानगरपालिकाले वडा नं १० अन्तर्गत बिजुली बजारस्थित सडकछेउमा वर्षौंदेखि सरकारी जग्गा मिचेर बनाइएका संरचना भत्काउन थालेको छ । आइतबार दिउँसो महानगरपालिका प्रहरीको टोलीले डोजर लगाएर ती संरचना भत्काउन थालेको हो ।

विभिन्न मागसहित काठमाडौंमा थारूहरूको सभा

टीकापुर घटनाको झुटा मुद्दा फिर्ता, थारु आरक्षणसम्बन्धी सर्वोच्च अदालतको फैसला कार्यान्वयनलगायतका माग राख्दै काठमाडौंमा टीकापुर विद्रोह सभा आयोजना भएको छ ।