एएनआई 

एएनआई का लेखहरु :

इजरायलद्वारा आफ्ना नागरिकलाई दिल्ली भ्रमण नगर्न आग्रह

नयाँ दिल्लीस्थित इजरायली दूतावास नजिकै मंगलबार बम विस्फोट भएपछि इजरायलको राष्ट्रिय सुरक्षा परिषद्ले भारतमा विशेषगरी नयाँ दिल्लीमा आफ्ना नागरिकलाई भिडभाड हुने स्थानमा नजान ट्राभल एड्भाइजरी जारी गरेको छ । 

‘भारत-क्यानडाबीच साझा आधार खोजौं’

क्यानडाका रक्षामन्त्री बिल ब्लेअरले भारत र क्यानडाबीच पछिल्लो समय देखिएको तनावलाई मध्यनजर गर्दै साझा आधार खोज्न वार्ता निर्विकल्प उपाय भएको बताएका छन् ।

रुसलाई हतियार नदिन उत्तर कोरियालाई अमेरिकाको चेतावनी

उत्तर कोरियाले रुसलाई हतियार आपूर्ति गरेमा उसले त्यसको ‘मूल्य’ चुकाउनुपर्ने एक जना अमेरिकी अधिकारीले बताएका छन् ।

दिगो विकासमा सहयोग बढाउन भारत र फ्रान्स सहमत

भारत र फ्रान्स रणनीतिक क्षेत्रका साथै दिगो विकासमा सहयोग बढाउन सहमत भएका छन् । दुवै देशले अन्तरिक्ष र विज्ञानका क्षेत्रमा पनि संस्थागत स्तरमा सहयोग बढाउन सहमति जनाएका छन् । फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा शुक्रबार सम्पन्न प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने पेरिस भ्रमणका क्रममा दुई देशबीच विभिन्न सम्झौता भएका छन् ।

श्रीलंकाको घरेलु ऋणसम्बन्धी प्रस्ताव संसद्‌बाट पारित

श्रीलंकाको घरेलु ऋण अनुकूलनसम्बन्धी प्रस्ताव केही विपक्षी सांसदहरूको समर्थनमा शनिबार संसद्‌मा बहुमतले पारित भएको छ । उक्त प्रस्तावको पक्षमा १२२ र विपक्षमा ६२ सांसदले मतदान गरेका थिए ।

पाकिस्तानका कूटनीतिक कर्मचारीको तलब रोक्का

पाकिस्तान सरकारले देशमा जारी आर्थिक संकटका कारण विदेशमा रहेका आफ्ना कूटनीतिक नियोग तथा राजदूतावासमा कार्यरत कर्मचारीको तलब रोकेको छ ।

श्रीलंकाका पूर्वप्रधानमन्त्री राजपाक्षको यात्रा प्रतिबन्ध हट्यो

श्रीलंकाको एक अदालतले पूर्वप्रधानमन्त्री महिन्दा राजपाक्षमाथि लगाइएको विदेश यात्राको प्रतिबन्ध खारेज गरेको छ ।

‘चीनले भारतलाई कहिल्यै रणनीतिक प्रतिद्वन्द्वीका रूपमा हेर्दैन’

चीनले भारतलाई रणनीतिक प्रतिद्वन्द्वीका रूपमा कहिल्यै नहेर्ने बङ्गलादेशका लागि चिनियाँ राजदूत ली जिमिङले बताएका छन् । ढाका प्रेस क्लबमा बुधबार भएको एक कार्यक्रममा उनले आर्थिक, भूराजनीतिक एवम् अन्य समस्या समाधान गर्न भारत र चीनले मिलेर काम गर्नुपर्नेमा जोड दिए । 

प्रधानमन्त्री मोदी र जोनसनबीच भेटवार्ता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई नयाँ दिल्लीको राष्ट्रपति भवनमा औपचारिक स्वागत गरेका छन् । दुई दिने भारत भ्रमणमा रहेका बेलायती प्रधानमन्त्रीलाई राष्ट्रपति भवनमा 'गार्ड अफ अनर' दिइएको थियो ।

बाइडेनले युक्रेनको चिन्ता छाडेर अमेरिकी सीमा रक्षा गर्नुपर्छ : ट्रम्प

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले युक्रेन वरपरको अवस्थाको बारेमा चिन्ता गर्न छोडेर आन्तरिक सीमा सुरक्षाको मुद्दामा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।