डा. अङ्गराज तिमिल्सिना

नेपाल–चीन सम्बन्ध कति उचाइमा ?

धेरै प्रतिक्षित र अपेक्षित चीनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली नेपाल फर्किएका छन् । यो भ्रमणले कुन कुरामा नयाँ आयाम थप्यो र कुन कुरालाई निरन्तरता दियो ? अपेक्षा अनुसार चीनबाट नेपालको विकास र समृद्धिका लागि कति सहयोग मिल्यो ? आदिबारे टिकाटिप्पणी चलिरहेको छ ।

बजेट : अग्रगामी कि यथास्थितिको निरन्तरता ?

अहिले नेपालमा एकथरी विकास र समृद्धिको सपना देखाएर प्रधानमन्त्री केपी ओलीले नेपालको भविष्यप्रति आशा जगाएका भन्छन् भने अर्कोथरी सपना देखाउने काम अलि धेरै भयो, अब काम गरेर देखाउने बेला आयो भन्ने तर्क राख्छन् ।

‘मोदीवाद’ र नेपाल–भारत सम्बन्ध

मोदी तेस्रोपटक नेपालको भ्रमणमा आउँदैछन् । यो पाला उनको भ्रमण विश्वास निर्माणमा केन्द्रित भएको देखिन्छ । त्यही भएर होला, जनकपुर र मुक्तिनाथको दर्शन लगायतका धार्मिक र सांस्कृतिक क्रियाकलाप भ्रमणका मुख्य आकर्षण बनेका छन् । पहिलो पटक नेपाल आउँदा मोदी ‘रक स्टार’जस्तै लोकप्रिय देखिएका थिए ।

कांग्रेसका पक्षमा जनमत फेरिएला ?

हालसालै कांग्रेसका एक प्रभावशाली नेताले यो स्तम्भकारलाई सोधे, ‘अबका कति वर्षमा कांग्रेसका पक्षमा जनमत फर्किएला ?’ सरलजस्तो लाग्ने यो प्रश्नको जवाफ त्यति सजिलो छैन । दुईध्रु्रवीय राजनीतिलाई अक्सर ‘जिरो सम गेम’ भनिन्छ अर्थात् ‘एउटा खेमा अलोकप्रिय भए अर्को खेमातिर जनमत बढ्ने ।’

ओलीको परीक्षा : समृद्धि र स्थायित्व

केपी ओलीको प्रधानमन्त्री पदभारको दोस्रो इनिङ सुरु भएको छ । ओलीले देशमा केही वर्षका लागिमात्रै स्थायित्व दिनसक्ने हुन् भने उनलाई समृद्धिको विरासत बनाउने मौका मिलेको छ ।

डा. अङ्गराज तिमिल्सिनाका लेखहरु :

भारतको नेपाल चासो

प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेक नीतिबारे भारतका विदेश नीतिविज्ञहरू आजभोलि अक्सर एउटा किस्सा सुनाउँछन्, ‘भारतको छिमेक पहिलो (नेबर हुड फस्ट) भन्ने नीति चीनको महान पर्खाल (ग्रेट वाल) संँग वास्तवमै ठोक्किएको अवस्थामा छ ।’ 

गठबन्धनको दिगोपन

अहिले एकातिर राजनीतिक दलहरूलाई प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार छान्न चटारो छ भने अर्कोतिर निर्वाचनपछि केन्द्रमा कसको सरकार बन्ला र कुन प्रदेशमा कसले बाजी मार्ला भन्ने अड्कलबाजी सुरु भएको छ ।

राष्ट्रसंघमा नेपाल : बीपीदेखि देउवासम्म

नेपालको नयाँ संविधान र हालसालै सम्पन्न स्थानीय चुनावले महिला, पिछडिएको वर्ग र सीमान्तकृतका अधिकारलाई सुनिश्चित गरेको कुरा उठाउनु जरुरी छ ।

सन्तुलित भारत सम्बन्ध : किन र कसरी ?

नेपालका प्रधानमन्त्रीको भारत भ्रमणका बेला अक्सर दुइटा कुरा सुन्नमा आउँछन् । पहिलो, नेपालका प्रधानमन्त्रीले भारतसामु अर्को सन्धि–सम्झौता गरेर नेपाललाई घाटा हुने काम नगरुन् ।

बरालिएको जम्बो बजेट

नेपालमा बजेट भन्नेबित्तिकै खासगरी तीनवटा प्रतिक्रिया आउँछन् । पहिलो हरेक वर्षजस्तो फेरिने सरकारले लोकप्रियता कमाउन नयाँ नाम राखेर विभिन्न अनुत्पादक कार्यक्रमहरूको घोषणा गर्छन् । यी कार्यक्रमले अर्थतन्त्रमा पार्ने प्रभावबारे गहन अध्ययन, विश्लेषण र बहस गरिएको हुँदैन ।