तस्बिर : दीपक केसी

तस्बिर : दीपक केसीका लेखहरु :

कतारका अमिरको स्वागतका लागि तम्तयार [तस्बिरहरू]

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि मंगलबार नेपाल आउँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा उनको भ्रमण हुन लागेको हो । पहिलोपल्ट कतारका अमिर नेपाल आउन लागेका हुन् । दुई निजी जहाज लिएर आउन लागेका उनका लागि काठमाडौंका सडकमा स्वागत द्वार बनाइएका छन् ।सडकहरू पखालेर चिटिक्क पारिएको छ ।

काठमाडौं पिंक केयराथोन [फोटोफिचर]

महिलाको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यले शनिबार काठमाडौंमा पिंक केयराथन भएको छ । लेजर पोर्ट नेपालले नेपाल प्रहरी श्रीमती संघसँगको सहकार्यमा पिंक केयराथोन गरेको हो । महिलाको दौड, जुम्बालगायतका विभिन्न गतिविधि भएका छन् । पिंक केयराथोनअन्तर्गत ५ किमि र २० किमि दौड भएको थियो भने दौडिन नसक्नेहरुले ३ किमि हिँडेर दुरी पार गरेका थिए ।

नेसनल हर्टिकल्चर एक्स्पोमा बढ्दै दर्शक [तस्बिरहरु]

भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा नेसनल हर्टिकल्चर एक्स्पो-२०८० चलिरहेको छ । ‘नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरण सहित आय र रोजगार’ भन्ने नारासहित शुक्रबार सुरु भएको प्रदर्शनी १९ गतेसम्म चल्ने छ । मेलामा देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडिबुटी नर्सरीको ७ सयभन्दा बढी प्रजातीका बोटबिरूवाहरू प्रदर्शनी तथा बिक्री वितरणको लागि राखिएको आयोजक नर्सरी व्यवसायी संघले जनाएको छ ।

नक्सालमा कला प्रदर्शनीको रौनक

विभिन्न विधालाई समेटेर काठमाडौंको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा 'प्रादेशिक ललितकला प्रदर्शनी' भइरहेको छ । प्रदर्शनीमा समसामयिक चित्रकला र मूर्तिकला, परम्परागत चित्रकला र मूर्तिकला, लोककला, हस्तकला, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कलालगायत विविध विधा समावेश छ ।

शिवरात्रिमा सेनाको 'सेलिब्रेसन'

नेपाली सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा शुक्रबार विशेष समारोहका बीच युद्धकला, शिवरात्रि परेड, तोप बढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरिएको छ ।

तिम्रो याद आइदिँदा, आँसु त्यसै बगेछ... [तस्बिरहरू]

प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका नेताहरूलगायतले वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यलाई श्रद्धाञ्जली अर्पण गरेका छन् । सोमबार निधन भएका आचार्यको शव नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा राखिएको थियो । श्रद्धाञ्जली दिने पुग्नेहरू शोकमग्न मुद्रामा थिए, आचार्यले गाएको गीतको हरफ जस्तै- ..'तिम्रो याद आइदिँदा आँसु त्यसै बगेछ....।'

सरस्वती मन्दिरमा श्रद्धालुको भीड

हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमीमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी बुधबार देशभर मनाइँदै छ। वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या र बुद्धि बढ्ने जनविश्वास छ । देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्ने गर्छ ।

शान्तिवाटिकाबाट धर्नामा बसेकालाई हटाइयो

शान्तिवाटिकामा विभिन्न माग राखेर धर्नामा बसेकाहरूलाई काठमाडौं महानगरपालिकाको नगर प्रहरीले हटाएको छ । मंगलबार बिहान नगर प्रहरीले प्रदर्शन नगर्न र शान्तिवाटिका छोडेर जान भन्दै उनीहरुलाई जबरजस्ती हटाएको हो ।

सुनसान सिनेमा हल [फोटोफिचर]

नेपाल चलचित्र संघले सरकारले लगाएको अव्यवहारिक करहरूको खारेजीको माग गर्दै साङ्केतिक रूपमा सोमबार मुलुकभरका फिल्म हलहरू बन्द गरिएका छन् । संघले चलचित्र क्षेत्रलाई विभिन्न करहरूको नाममा ३३ प्रतिशतभन्दा बढी करहरू तिर्न बाध्य पारिएको भन्दै मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य कर नलगाउने संहिताविपरीत थप कर लगाइएको आरोप लगाएको छ ।

जलजलामा नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव [तस्बिरहरु]

जलजला गाउँपालिका-५ लोप्रेमा ११ औं नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव भएको छ । लाटोकोसेरो तथा हुचिलको चोरीपैठारी बढेको पाइएपछि गाउँ सहरमा संरक्षण सन्देशका लागि विगत ११ वर्षदेखि उत्सव हुँदै आएको छ । नेपालमा २३ प्रजातिका हुचिल तथा लाटोकोसेरो पाइन्छन् । जिउँदै समाएर बिकी गर्ने र मार्नेसमेत गरेको पाइएको संरक्षणविद् बताउँछन् ।