ध्रुव तुलाधर

ध्रुव तुलाधरका लेखहरु :

कर्णालीको कसरत, दुई अंकको स्वर्ण

जुनियर खेलाडीको प्रतिभा उजागर गर्ने प्रमुख थलोमध्ये एक रहेको राष्ट्रपति रनिङ सिल्डबाट यसपालि कर्णाली प्रदेशले सुखद सन्देश छाडेको छ ।

आशिषद्वारा पुरानो कीर्तिमान भंग

सुदूरपश्चिम प्रदेशका आशिष महरले दशरथ रंगशालाको ट्र्याक एन्ड फिल्डमा बिहीबार जुनियरतर्फको ३६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेका छन् ।उनले त्यो कीर्तिमान छात्र ट्रिपलजम्पमा बनाए ।

हेल्प नेपालले उपाधि रक्षा गर्दा एभरेस्ट पहिलोपल्ट च्याम्पियन

आरबीबी–एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको आठौं संस्करणमा टिपटप हेल्प नेपाल क्लबले उपाधि रक्षा गर्दा बुटवलको एभरेस्ट भलिबल क्लब पहिलोपल्ट च्याम्पियन बनेको छ ।

एसिया छनोट जित्दै पलेशा ओलम्पिकमा

पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले चीनको ताइयाङमा आयोजित एसियाली पारा ओलम्पिक छनोट प्रतियोगिताको फाइनलमा इरानकी प्रतिद्वन्द्वी लीला मिर्जाइलाई हराउँदै आइतबार स्वर्ण पदक मात्र जितिनन्, सन् २०२४ मा हुने पेरिस पारालम्पिकमा छनोट भएकी छन् ।

लाहुरे गाउँकी चेलीले जितेको त्यो रजत

‘मेरो अहिलेसम्मको खेलयात्रामा परिवार अर्थात बाआमाको ठूलो योगदान छ । मेरो खेलकै लागि भनेर नेपालमा आमाले बिहानदेखि पूजापाठ गर्नुभएको थियो ।’ कराते खेलाडी एरिका गुरुङले १९ औं एसियाली खेलकुदमा शनिबार साँझ रजत पदक चुमेपछि यस्तो भनेकी थिइन् ।

विश्व एथलेटिक्स च्याम्पियनसिप : १०० मिटरमा आयुषको ११.०७ सेकेन्ड

नेपाली धावक आयुष कुँवरले शनिबार विश्व एथलेटिक्स च्याम्पियनसिपको पुरुष १०० मिटर दौड ११.०७ सेकेन्डमा पूरा गरेका छन् ।हंगेरीको बुढापेस्टस्थित नेसनल एथलेटिक्स सेन्टरमा भइरहेको विश्व एथलेटिक्स च्याम्पियनसिपमा आयुष नेपालका एक्लो प्रतिद्वन्द्वी हुन् ।

एसियाड तयारीलाई बक्सिङ टोली भारत जाँदै

चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको तयारी तथा मैत्रीपूर्ण प्रतियोगिताका लागि बक्सिङ टोली बिहीबार भारतको पञ्जाब प्रस्थान गर्दै छ । १३ खेलाडीसहित १७ सदस्यीय टोली थप तयारीका लागि भारत जान लागेको हो ।

ऐश्वर्यले जित्दा यामी खुसी

यामी झाँक्रीमगर यसपालि अझै खुसी देखिइन् । गत वर्ष उपाधिमा ह्याट्रिक गरिसकेकी थिइन् । यसपालि भाग लिने कि नलिने भन्ने दोधार थियो । अन्तिममा नाम दर्ता गराइन् । शनिबार भएको ११ औं कान्तिपुर हाफ म्याराथनअन्तर्गत ३ किमि ह्विलचेयर रेसमा उनी दोस्रो भएकी थिइन् ।

पुष्पाको ढाका म्याराथन पदकमा ह्याट्रिक

नेपाली धाविका पुष्पा भण्डारीले बंगबन्धु शेख मुजिव ढाका म्याराथनमा लगातार पदक जितेर ह्याट्रिक गरेकी छन् । ढाकामा शुक्रबार भएको ढाका म्याराथन २०२३ मा पुष्पाले स्वर्ण पदक जितेकी छन् । प्रतियोगितामो उनको यो तेस्रो पदक हो । यसअघि सन् २०२१ मा स्वर्ण जितेकी पुष्पाले गत वर्ष २०२२ मा कांस्य जितेकी थिइन् ।