लीला लुइँटेल

आइमाईको बुद्धि !

परापूर्व कालदेखि पूर्व र पश्चिम दुवैतिर लिङ्गकेन्द्री पुरुष विचारधारा एवं पितृसत्तात्मक दृष्टिकोणले प्रबल रूपमा जरो गाडेकाले समाजमा नारीको अवस्थिति प्रतिकूल र दयनीय बनाइएको पाइन्छ । पूर्वमा वैदिक युगमा महिलाको स्थिति सम्मानजनक थियो ।

गोपनीयताको गन्तव्य कता ?

गत सोमबार प्रतिनिधिसभामा ‘वैयक्तिक गोपनीयताबारे व्यवस्था गर्न बनेको विधेयक’ सरकारले संसद्‌मा दर्ता गरेको समाचारले केही सोच्न बाध्य गरायो । सार्वजनिक पद धारण गरेका व्यक्तिको शैक्षिक प्रमाणपत्र खोज्न र सार्वजनिक गर्न नपाइने प्रावधान प्रस्तावित विधेयकमा गरिएको रहेछ ।

आइमाईको शत्रु आइमाई !

केही समय पहिले नेपाली साहित्यमा भएका भाँडभैलोको चर्चा गर्दै यसै पंक्तिकारले लेखेको ‘हावादारी विश्लेषण’ शीर्षक लेखमा केही महिला समालोचकको नाम पनि परेपछि मदन पुरस्कार प्राप्त एक बौद्धिक लेखकको टिप्पणी थियो– ‘आइमाईको शत्रु आइमाई भनेको ठिकै हो रहेछ । मैले प्रतिवाद गरेपछि उनको कुतर्क थियो– सासू–बुहारी, नन्द–भाउजू, देउरानी–जेठानीका बीचमा झगडा भइरहेको प्रत्येक घरमा देखिन्छ, तर तपाईंले ज्वाइँ–ससुरा, साला–भिनाजु कहिल्यै झगडा गरेको देख्नुभा’छ ?’

सुन र आइमाई

‘आइमाईलाई सुन भए अरू केही चाहिँदैन, सुनका लागि आइमाईले प्राणै फाल्छन्, सुन भए आइमाई चिताबाट पनि उठेर आउँछन्, सुनको हो भनिदियो भने आइमाईले घाँटीमा जाँतो नै पनि झुन्ड्याएर हिँड्छन् ।’ घरपरिवारभित्र मात्र नभएर कार्यक्षेत्र तथा सार्वजनिक स्थानहरूमा समेत हुने यस्ता साझा टिप्पणी अधिकांश नेपाली महिलाले सुनेको हुनुपर्छ ।

कठै विश्वविद्यालय !

विश्वमै अत्यन्त आदर एवं सम्मानसाथ हेरिने विश्वविद्यालय नेपालका सन्दर्भमा चाहिँ अहिले विभिन्न दलको परेड खेल्ने मैदान, भाँडभैलोको भण्डार एवं अंशबन्डाको केन्द्र बन्नपुगेको कुरामा कसैको विमति नहोला । यसै पङ्क्तिकारद्वारा केही समयअघि त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रममा लेख्दै नलेखिएका पुस्तकको थुप्रो लगाएर भाँडभैलो मच्चाइएको चर्चा गरिएको थियो ।

लीला लुइँटेलका लेखहरु :

उत्तरपुस्तिका हराउँछन् कसरी?

विश्वविद्यालय भन्नेबित्तिकै हाम्रो मानसपटलमा एक प्रकारको श्रद्धा रसाउन थाल्थ्यो, उहिले। तर अहिले हाम्रो मानसपटलमा निर्मित यस शब्दको बिम्बात्मक स्वरूप परिवर्तन हुँदै गरेको अनुभूति हामीले गरेको हुनुपर्छ।