अर्जुन शाह

शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

अर्जुन शाहका लेखहरु :

परम्परागतभन्दा पृथक बजेट ल्याउँदैछौं : प्रधानमन्त्री  

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट परम्परागत भन्दा फरक हुने बताएका छन् । ‘वैज्ञानिक, वस्तुवादी र जनमैत्री नीति तथा कार्यक्रम र बजेट बनाउदैछौं,’ प्रधानमन्त्रीले भने ‘ड्राफ्ट तयार भइसकेको छ ।’

भागबन्डा मिलाउन लुम्बिनी र सुदूरपश्चिममा मन्त्रालय फुटाउने तयारी

सत्ता गठबन्धनभित्रका साना दलहरूले मन्त्री नपाए फरक गठबन्धन बनाउने धम्की दिएपछि भागबन्डा मिलाउनकै लागि लुम्बिनी प्रदेशमा मन्त्रालय थप्ने तयारी भएको छ । उता सुदूरपश्चिममा पनि भागबन्डा मिलाउन सत्तारूढ दलहरू मन्त्रालयको संख्या थप्न सहमत भए पनि आकर्षक मन्त्रालय र संख्याको दाबीले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई उस्तै सकस परिरहेको छ ।

सोडारी सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त

सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीको प्रदेश संसदीय दलका नेता दीर्घ सोडारीे मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

एकीकृत समाजवादीका सोडारीद्वारा सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस 

सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । यसअघि नेकपा एमालेले उनको नाममा समर्थन गर्न नसकिने अडान लिएको भए पनि अन्ततः एमालेले समर्थन गरेपछि सोडारीले दाबी पेस गरेका हुन् ।

सुदूरपश्चिममा नेकपा एसका उम्मेदवारप्रति एमालेको विमति

एमालेले केन्द्रको निर्देशन नआएसम्म एकीकृत समाजवादीलाई समर्थन गर्न नसकिने जनाएपछि सुदूरपश्चिमको मुख्यमन्त्री चयन अन्योलमा परेको छ । सत्ता गठबन्धनमा सुदूरपश्चिमको नेतृत्व समाजवादीलाई दिने मंगलबार सहमति भए पनि एमालेले समर्थन नगर्दा सरकार गठन प्रक्रिया लम्बिएको हो ।

एमालेको दबाबले सुदूरपश्चिममा अर्को अनिश्चय

आफ्नो दलले मुख्यमन्त्री नपाएपछि कांग्रेससँग समीकरण गरेर एकीकृत समाजवादीले सुदूरपश्चिममा केन्द्रीय सत्ता गठबन्धनविरुद्ध विद्रोह गरेपछि उत्पन्न हलचल मंगलबार थामथुम भए पनि बुधबार बिहानैदेखि पुनः खटपट देखिएको छ । 

सुदूरपश्चिममा मुख्यमन्त्रीका दुवै दाबी अस्वीकृत, पुनः आह्वान

सुदूरपश्चिममा मुख्यमन्त्रीमा दाबी गर्ने एकै दलबाट दुई जना भएको भन्दै पुनः दाबी आह्वान गरिएको छ । प्रदेश प्रमुख नजिर मियाँले यसअघि दाबी गर्नेहरू एउटै दलका दुई जना भएको भन्दै बिहीबार साँझ पाँच बजेसम्मको समय तोकेर संविधानको धारा १६८ (२) अनुसार नै दाबी पेस गर्न आह्वान गरेका हुन् । 

सुदूरपश्चिममा नाउपाका दुवै दाबी अस्वीकृत, मुख्यमन्त्रीमा दाबी पेस गर्न पुनः आह्वान

सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दाबी पेस गर्न पुनः आह्वान गरेका छन् । दुई दिनको समय दिएर मंगलबार दाबी पेस गर्न १६८ (२) अनुसार नै पुनः आह्वान गरेका हुन् । 

नाउपाका चौधरीलाई दिएको समर्थन फिर्ता, आफैं मुख्यमन्त्रीमा दाबी गर्दै नेकपा एस

नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिममा मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ । एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले प्रदेश प्रमुख नजिर मियाँसमक्ष मंगलबार दिउँसो समर्थन फिर्ताको पत्र पेस गरेका हुन् ।

संघीय गठबन्धनमा हलचल आएपछि सुदूरपश्चिमको मुख्यमन्त्री नेकपा एसलाई दिने संकेत

संघीय सत्ता गठबन्धनमै कम्पन आएपछि सुदूरपश्चिमको मुख्यमन्त्री दिएर एकीकृत समाजवादीलाई मनाउने कोसिस सुरू भएको छ। सत्ता गठबन्धनका नेताहरु सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने समझदारी बनाउन जुटेका छन् ।