दुर्गा खनाल

सरकार र पार्टीका कामबारे नेकपाकै सांसद रुष्ट

सत्तारूढ नेकपाका सांसदले सरकार र पार्टीका काम प्रभावकारी रूपमा सञ्चालन नगरेको भन्दै नेतृत्वको कडा आलोचना गरेका छन् । सांसदहरू कडा रूपमा प्रस्तुत भएपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले अहिलेसम्मका कमजोरी सुधारेर अघि बढ्ने भन्दै उनीहरूलाई साम्य पार्ने प्रयत्न गरे ।

नाडी छाम्दै तीन नेता

नेकपाका वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीसँग शुक्रबार बिहान बालुवाटारमा भेट गरे । आफनो निवास कोटेश्वरबाट हिँडेका नेपाल बालुवाटार जानुअघि अर्का अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार छिरे । 

नेपाल झस्काउने ती जयशंकर

२०७२ असोज ३ गते संविधान जारी गर्ने मिति तय भएपछि असोज १ गते प्रधानमन्त्री नरेन्द्र मोदीको दूत बनेर काठमाडौं उत्रेका थिए, तत्कालीन भारतीय विदेश सचिव एस जयशंकर । झन्डै चौबीस घण्टा काठमाडौं बस्दा उनले नेपाली नेताहरूसँग जसरी व्यवहार गरे त्यसबारे राजनीतिक वृत्तमा सुमधुर सम्झना छैन । 

दाहालले बढाए दबाब

नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दोस्रो बजेट पेस गरेकै दिन बुधबार अर्का अध्यक्ष पुष्पकमल दाहालले एक वर्षअघि एकीकरणका क्रममा भएको ‘आलोपालो सरकार चलाउने’ सहमतिको प्रसंग उप्काउँदै त्यसबाट दायाँबायाँ गरे कोही नटिक्ने बताएपछि पार्टीमा नयाँ तरंग पैदा भएको छ । 

सिके राउतले छाडे विखण्डनको राजनीति, सरकारसँग ११ बुँदे सहमति

अलग मधेस राज्यको नारा दिएर केही वर्षयता विभिन्न गतिविधि गर्दै आएका सिके राउतले विखण्डनको राजनीति छाडेका छन् । राष्ट्र द्रोहको आरोपमा पक्राउ परेर पाँच महिना जेल बसेर बुधबार रिहा भएका राउतले सरकारसँग बिहीबार ११ बुँदे सहमति गरेका छन् ।

दुर्गा खनालका लेखहरु :

प्रधानमन्त्रीले ४ बजे सरकारकाे एक वर्षको समीक्षासहित उपलब्धिहरू सार्वजनिक गर्ने

संसद्को दुई तिहाइभन्दा बढी समर्थनमा बनेको केपी शर्मा ओली नेतृत्वको सरकारको एकवर्षे अवधिका उपलब्धिको सूची तयार पार्न प्रधानमन्त्री कार्यालयमा केही सातादेखि चटारो छ । बुधबार पनि कर्मचारी त्यसकै तयारीमा व्यस्त थिए । 

नेकपाको चियापान, शुद्ध शुभकामना आदानप्रदान

मुख्य चाडपर्वको अवसरमा प्रमुख राजनीतिक दलहरुले शुभकामना आदानप्रदानका लागि चियापान गर्ने परम्परा छ । चियापानमा वर्षभरीको राजनीतिक तिक्ततालाई बिर्सर्दै हार्दिकता साटासाट गरिन्छ । प्रमुख सत्तारुढ दल नेकपाले शनिबार आयोजना गरेको चियापान त्यस्तै हार्दिकता साटासाट गर्ने थलो बन्यो ।

नेकपामा जिम्मेवारी बाँडिदै

पार्टी एकिकरण भएको चार महिनापछि नेकपाले बल्ल नेताहरुको कार्यविभाजन तयारी गरेको छ । पार्टी एकतापछि  झण्डै साढे ४ सय केन्द्रीय सदस्य छन् । उनीहरुलाई पार्टी कामको जिम्मेवारी दिइएको छैन । पार्टीको काम नहुदाँ केन्द्रीय नेताहरु खाली छन् । पार्टी सचिवालयको बिहीबारको बैठकले कार्यविभाजनको प्रस्ताव तयार गर्ने कार्यदल बनाएको छ । 

मुख्यमन्त्री छक्याउँदै प्रमुख सचिव साटफेर

प्रदेश १ मा शेरधन राईको नेतृत्वमा सरकार गठन हुँदा प्रमुख सचिव थिए यादव कोइराला । तीन महिना नपुग्दै गत वैशाखमा केन्द्र सरकारले कोइरालालाई सरुवा गर्‍यो । त्यसपछि उनको ठाउँमा सुरेश प्रधानलाई पठाइयो । प्रधान तीन महिना नपुग्दै गत साता सरुवा भए । मन्त्रिपरिषद्ले बुधबार केदार न्यौपानेलाई त्यहाँ पठाएको छ । उनी पनि कायमुकायम मात्रै हुन् ।

संसद्मा सरकारको जवाफःकेसीका माग हुबहु कार्यान्वयन हुँदैनन्

सरकारले माथेमा आयोगको प्रतिवेदन र डा. गोविन्द केसीले भनेका सबै माग हुबहु कार्यान्वयन गर्न नसकिने धारणा अघि सारेको छ ।