विनोद भण्डारी

भण्डारी कान्तिपुरका विराटनगर संवाददाता हुन् ।

विनोद भण्डारीका लेखहरु :

चौथो मिल्स गोल्डकप : पेमा युवा क्लब फाइनलमा

कोशी प्रदेश प्रहरी टिमलाई ३–१ गोलले पराजित गर्दै पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । जितसँगै पेमाले उपाधिका लागि शनिबार सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरीसँग खेल्नेछ ।

कोशी प्रदेश प्रथम राष्ट्रिय टी–२० क्रिकेट : उद्घाटन खेलमा घरेलु टिम विजयी

कोशी प्रदेश प्रथम राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले विजयी सुरुआत गरेको छ । 

उधारो कारोबार व्यवस्थापनमा सहकार्य गर्न व्यवसायिक संस्थाबीच समझदारी

कोशी प्रदेशका १० जिल्ला र नगर उद्योग वाणिज्य संघहरूले उधारो कारोबार व्यवस्थापनका लागि सहकार्य तथा समन्वय गर्न सामूहिक पहल गर्ने समझदारी गरेका छन् ।

राष्ट्रिय सभा निर्वाचन : कोशीमा एमाले–राप्रपा तालमेलकाे सहमति

राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा एमाले र राप्रपाबीच तालमेलको सहमति भएको छ । माघ ११ हुने निर्वाचनमा कोशीमा अन्यतर्फ र महिला तर्फ एक/एक सदस्य चयन हुँदैछन् ।

उत्तरी मोरुङमा विस्तार हुँदै कफी खेती

उत्तरी मोरङको भोगटेनीका चन्द्र राईले पाँच वर्षअघि शिक्षण पेशा छाडेर कफी खेती थाले । छँदा-खाँदाको सरकारी जागिर छाडेर बारीमा कफी खेती सुरु गर्दा छिमेक र आफन्तले उनलाई गिज्याए पनि । तर अहिले राईले कफी खेतीबाट गरिरहेको आम्दानी देखेर पहिले गिज्याउनेहरु नै कफी खेतीमा आकर्षित भएका छन् ।

ट्रेड एक्स्पोमा ४ दिनमा ४ करोडको कारोबार

मोरङ व्यापार संघको १० दिने ट्रेड एक्स्पो-२०२३ को चौथो दिनसम्ममा ४ करोडभन्दा बढीको कारोबार भएको आयोजकले जनाएको छ । एक्स्पोमा कृषिजन्य र औद्योगिक उत्पादनदेखि भान्सारका सामानको स्टलमा उपभोक्ताको भीड बढ्दो छ ।

विद्युत् लाइन काटिएपछि रिलायन्स स्पिनिङका मजदुर प्राधिकरणविरुद्ध आन्दोलित

डेडिकेटेड र ट्रंकलाइन बक्यौता नतिरेको भन्दै विद्युत् प्राधिकरणले लाइन काटेपछि उद्योग बन्द भएर रोजगार गुमेको भन्दै रिलायन्स स्पिनिङ मिल्सका मजदुर आन्दोलित भएका छन् ।

कटहरीका सामुदायिक विद्यालयले हस्तलिखित पत्र प्रयोग गर्न नपाउने

विराटनगर महानगरपालिकासँग जोडिएको कटहरी गाउँंपालिकाले पालिकाभरिका सामुदायिक विद्यालयमा हस्तलिखित पत्र प्रयोग गर्न रोक लगाएको छ । त्यसका लागि गाउँपालिकाले करिब १० लाख रुपैयाँ खर्चेर सबै विद्यालयमा कम्प्युटर र प्रिन्टरको व्यवस्था गरेको छ ।

कोशीमा प्रदेशबाट कृषि अनुदान वितरणमा रोक

कृषि अनुदान लक्षित वर्गसम्म नपुगी पहुँचवालाको हालीमुहाली भएको निष्कर्ष निकाल्दै कोशी प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालयले कृषिमा आधारित अनुदान मन्त्रालय र निर्देशनालयमार्फत वितरण नगर्ने भएकाे छ ।

बेलबारी गोल्डकप : चर्च ब्वाईजलाई हराउँदै झापा अन्तिम चारमा

राष्ट्रिय लिग विजेता चर्च ब्वाइज काठमाडौंको चुनौती २–१ गोलले पन्छाउँदै बिर्तामोड युथ क्लब झापा बुधबार छैटौं बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलन प्रवेश गरेको छ ।