एएफपी

एएफपीका लेखहरु :

विम्बल्डन २०२३ : फाइनलमा भोन्ड्रोसोभाको प्रतिद्वन्द्वी जबेर

ओनस जबेरले उत्कृष्ट पुनरागमनको नमुना पेस गर्दै बिहीबार आर्यना सबलेन्कालाई पराजित गरिन् र विम्बल्डन २०२३ को महिलो एकलको फाइनलमा प्रवेश गरेकी छन् । अब उपाधिको भिडन्तमा उनको सामना मारकेटा भोन्ड्रोसोभाविरुद्ध हुनेछ ।

अष्ट्रेलियालाई भारतको बलियो जवाफ

शुभमन गिलको उत्कृट शतक तथा विराट कोहलीको नटआउट ५९ रनको मद्दतले भारतले अस्ट्रेलियाविरुद्धको चौथो तथा अन्तिम टेस्टको तेस्रो दिन शनिबार बलियो जवाफ फर्काएको छ ।

रियलले जित्यो क्लब वर्ल्डकप

रियल म्याड्रिडले शनिबार कीर्तिमान पाँचौं पल्ट क्लब वर्ल्डकप जितेको छ । मोरक्कोमा भएको फाइनलमा रियलले अल हिलाललाई रोमाञ्चक प्रतिस्पर्धाबीच ५–३ ले हराएसँगै क्लब वर्ल्डकपमा जित हासिल गरेको हो । त्यसमा भिनिसियस जुनियर र फेडे भाल्भरडेले दुई-दुई गोल गरे ।

सनसहित कोरियाली टिम घोषणा

अनुहारमा गम्भीर चोट लागेका टोटेनहम हर्टस्परका स्ट्राइकर सन ह्युङ मिनलाई समेट्दै दक्षिण कोरियाले कतार विश्वकपका लागि टिम घोषणा गरेको छ ।

हालेप र रेबिकिना अन्तिम चारमा

पूर्वच्याम्पियन सिमोना हालेपले विश्व टेनिसमा आफ्नो पुनरागमन कायम राख्दै बुधबार अमेरिकाकी अमान्डा एनिसिमोभालाई हराइन् । यससँगै उनी विम्बल्डनको अन्तिम चारमा प्रवेश गरिन् ।

किर्गोस र नाडाल तेस्रो चरणमा

निक किर्गोस र राफेल नाडालले बिहीबार विम्बल्डनको तेस्रो चरणको यात्रा तय गरेका छन् । किर्गोसले फिलिप क्रानोभिचलाई ६–२, ६–३ र ६–१ ले हराए ।

फ्रेन्च ओपन : गौफ र ट्रेभिसान सेमिफाइनलमा

टिनएजर्स कोको गौफ र मार्टिना ट्रेभिसानले पहिलोपल्ट ग्रान्ड स्लाम टेनिसको सेमिफाइनलमा स्थान बनाउनेक्रममा मंगलबार फ्रेन्च ओपनको अन्तिम चारको यात्रा तय गरेका छन् ।

आर्सनललाई पराजित गर्दै टोटनहम शीर्ष चारमा कायम

ह्यारी केनको दुई गोलको मद्दतले टोटनहमले बिहीबार १० खेलाडीमा सीमित आर्सनललाई ३–० ले पराजित गर्दै इंग्लिस प्रिमियर लिगमा शीर्ष चारको सम्भावनालाई कायम राखेको छ ।

लिभरपुल शीर्ष स्थानबाट एक अंकको दूरीमा

लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बुधबार आर्सनललाई २–० ले हराएर शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको दूरी एक अंकमा छोट्याएको छ । उसका लागि डिएगो जोटा र रोबर्टो फिरमिनोले गोल गरे । सिटीले क्रिस्टल प्यालेससँग खेलेको गोलरहित बराबरीको नतिजाको फाइदा लिँदै अहिले आर्सनललाई इमिरेट्समा हराएको हो ।

तालिवानद्वारा क्रिकेट प्रमुख बर्खास्त

तालिवानले अफगानिस्तानी क्रिकेट बोर्डका प्रमुख हामिद सिनवारीलाई मंगलबार बर्खास्त गरेको छ । उनको स्थानमा नसिबुल्लाह हक्कानीलाई नियुक्त गरिएको छ । उनी हक्कानी समूहका सदस्य हुन् । अफगानिस्तानमा भएका अनेक आक्रमणका लागि हक्कानी समूह जिम्मेवार मानिन्छ । हक्कानी तालिवानकै एक समूह हो ।