१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६३

भारतको परिपत्रले भन्सारमै थन्कियो नेपाली चिया

विराटनगर — भारतको वाणिज्य मन्त्रालयबाटै नेपाली चियालाई शतप्रतिशत जाँच्न परिपत्र भएपछि पूर्वी नाका हुँदै भारत निर्यात भएका सयौं टन चिया यतिबेला मेचीपारि पानीट्यांकी भन्सार परिसरमा थन्किएको छ ।

भारतको वाणिज्य मन्त्रालय, नयाँदिल्लीले नेपालसँग सीमा जोडिएका भन्सारहरूलाई हालै परिपत्र गरी शतप्रतिशत जाँचेर मात्रै नेपाली चिया आयात गर्न सम्बन्धित भन्सारहरूलाई आदेश दिएको कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलले जनाए ।

सन् २००५ र २०१२ मा वाणिज्य मन्त्रालयले नेपाली चियाको अनिवार्य ल्याब टेस्टका लागि भारतीय भन्सारहरूमा परिपत्र गरेको थियो । ‘त्यो बेलादेखि भारतीय भन्सारले नेपाली चियाको ५–२० प्रतिशत रेन्डम सेम्पलिङ गर्दै आएका थिए,’ पौडेलले भने, ‘यसपालि शतप्रतिशत सेम्पलिङ गर्ने जुन आदेश गरेको छ, त्यसले समस्या भएको हो ।’ परिपत्रमा चिया जाँचको नतिजा ‘पोजेटिभ’ आएपछि मात्रै आयात गर्नू भन्ने ठाडो आदेश छ । केही दिनअघि इलाम क्षेत्रबाट निर्यात भएको चियाको ल्याब टेस्टको नतिजा ‘नेगेटिभ’ आएको र यसले नेपाली चियाको साख गिराउन सक्ने पौडेलले बताए ।


प्रकाशित : वैशाख १२, २०८१ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?