स्वास्थ्य

Health

स्वस्थ जीवनशैलीका लागि सन्देश फैलाउँदै पैदल यात्रा

स्वस्थ जीवनशैलीको सन्देश फैलाउन पृथ्वीको परिधि बराबर ४० हजार किमि पैदल हिँड्ने अभियानमा रहेका भारत गुजरातका ४३ वर्षीय योगेन शाहले नेपालको पैदल यात्रा गरेर फर्किएका छन् । भारतको उत्तरखण्डबाट पैदल सुरु गरेका उनी २०८० चैत २ गते गड्डाचौकी–महेन्द्रनगर आइपुगेका थिए ।

स्वस्थ जीवनशैलीका लागि सन्देश फैलाउँदै पैदल यात्रा
वैशाख ११, २०८१

स्वास्थ्य सुझाव : मिर्गौला रोग समयमै पत्ता लगाउने सामान्य उपायहरू

हाल मिर्गौला रोग एक प्रमुख जनस्वास्थ्य चिन्ता विषय बनिरहेको छ । सामान्यतया मिर्गौला रोग धेरै विकसित अवस्थामा नपुगेसम्म पत्ता लाग्दैन। त्यो भनेको कसैलाई डायलासिस वा प्रत्यारोपण आवश्यक भएपछि मात्रै मिर्गौलामा समस्या भएको थाह हुन्छ ।

स्वास्थ्य सुझाव : मिर्गौला रोग समयमै पत्ता लगाउने सामान्य उपायहरू
वैशाख ७, २०८१

सरकारीमा कार्यरत चिकित्सकलाई निजीमा काम नगर्न आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीले निजी स्वास्थ्य संस्थामा पूर्णकालीन कार्य गर्नु कानुनविपरीत भएको जनाएको छ । 

सरकारीमा कार्यरत चिकित्सकलाई निजीमा काम नगर्न आग्रह
वैशाख ५, २०८१

'डेंगी नियन्त्रणलाई थप प्रभावकारी बनाउन आवश्यक'

नेपाल सरकार र अन्य सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुले डेंगी नियन्त्रणका कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेकोमा जोड दिएका छन् । काठमाडौंमा भएको विभिन्न देशका विज्ञहरु समेत सम्मिलित डेंगी नियन्त्रण विषयक कार्यशालामा सहभागीहरुले डेंगी नियन्त्रणलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन् ।

'डेंगी नियन्त्रणलाई थप प्रभावकारी बनाउन आवश्यक'
चैत्र ३०, २०८०

'स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न नीतिगत सुधार आवश्यक'

स्वास्थ्य क्षेत्रमा देखिएका विभिन्न समस्याहरुको समाधान गर्नका लागि नीतिगत सुधार गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।शुक्रबार काठमाडौंमा आयोजित स्वास्थ्य सबैको सरोकार संवाद श्रृंखला कार्यक्रममा बोल्दै सांसदहरुले स्वास्थ्य क्षेत्रको समस्या समाधानका लागि नीतिगत तहबाट सुधार थाल्नुपर्ने धारणा राखे ।

'स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न नीतिगत सुधार आवश्यक'
चैत्र २६, २०८०

‘बयालपाटा अस्पताल सुदूरपश्चिम सरकारको प्राथमिकता बाहिर’

सुदूपश्चिम प्रदेश सरकारबाट बजेटको व्यवस्था हुने भरमा परेको बयालपाटा अस्पताल आर्थिक संकटसँग जुधिरहेको छ । लगातार ३ आर्थिक वर्षदेखि सुदूरपश्चिम प्रदेशले बयालपाटा अस्पताल संचालनका लागि  लगभग ९ करोड रुपैयाँ विनियोजन गरिरहेको थियो । तर चालु आवमा भने यो अस्पतालका लागि पुँजीगत बजेटतर्फ ५० लाख बजेट मात्रै छुट्याएको छ ।

‘बयालपाटा अस्पताल सुदूरपश्चिम सरकारको प्राथमिकता बाहिर’

सातै प्रदेशमा सेवा विस्तार गर्ने योजनामा क्यान्सर अस्पताल

यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सातै प्रदेशमा सेवा विस्तार गर्ने जनाएको छ । अस्पतालले सात प्रदेशमा क्यान्सर रोकथाम र नियन्त्रण तालिम, स्क्रिनिङ तथा बहिरङग सेवा विस्तार गर्ने योजना बनाएको हो ।

सातै प्रदेशमा सेवा विस्तार गर्ने योजनामा क्यान्सर अस्पताल

नेशनल मेडिकल कलेजमा छापा, एमडी र ल्याब  प्रमुख पक्राउ

नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको प्रयोगशाला (ल्याब) मा म्याद गुज्रिएको केमिकल प्रयोग भएको पाइएपछि कलेजका एमडी र ल्याब प्रमुखलाई प्रहरीले पक्राउ गरेको छ ।

नेशनल मेडिकल कलेजमा छापा, एमडी र ल्याब  प्रमुख पक्राउ
चैत्र २४, २०८०

वान हेल्थ अवधारणाबारे चितवनमा छलफल

वान हेल्थ अवधारणाबारे समुदायसँग उच्चस्तरीय कार्यक्रमको आयोजना भएको छ । अमेरिकन राजदूतावास, युनाइटेड स्टेट डिपार्टमेन्ट अफ एग्रिकल्चर र सेन्टर फर मलिक्युलर डाइनामिक्सको संयुक्त आयोजनामा एक उच्चस्तरीय कार्यक्रम गरिएको छ ।

वान हेल्थ अवधारणाबारे चितवनमा छलफल
चैत्र २१, २०८०

मधेशमा क्षयरोगले ६ महिनामा १२६ को मृत्यु

जनकपुरधामस्थित क्षयरोग उपचार हुने डिआर टीबी होस्टलमा बस्दै आएका ६ जना मध्ये एक जनाको मृत्यु भएपछि अन्य ५ जना त्रसित छन् । फागुन १४ गते देखि होस्टलमा आएका सिरहा औरहीका ६५ वर्षीय पुरुषको मृत्यु भएपछि उपचारको क्रममा रहेका अन्य ५ जना केही दिनसम्म राति डराएको होस्टल इन्चार्ज हेल्थ असिस्टेन्ट(एचए) सोलेन्द्र कुमार साहले बताए ।

मधेशमा क्षयरोगले ६ महिनामा १२६ को मृत्यु