स्वास्थ्य सुझाव : मिर्गौला रोग समयमै पत्ता लगाउने सामान्य उपायहरू
काठमाडौँ — हाल मिर्गौला रोग एक प्रमुख जनस्वास्थ्य चिन्ता विषय बनिरहेको छ । सामान्यतया मिर्गौला रोग धेरै विकसित अवस्थामा नपुगेसम्म पत्ता लाग्दैन। त्यो भनेको कसैलाई डायलासिस वा प्रत्यारोपण आवश्यक भएपछि मात्रै मिर्गौलामा समस्या भएको थाह हुन्छ ।
समस्या सुरु हुनु अघि मिर्गौला रोग पत्ता लगाउनु नै मुख्य चुनौती हो। त्यसका लागि नियमित परीक्षण निकै महत्त्वपूर्ण छ, र मिर्गौला रोगको जोखिममा परेका मानिसहरूका लागि अझ महत्त्वपूर्ण छ।
स्वस्थ मिर्गौलाले गर्ने ६ काम
- शरीरको तरल पदार्थको स्तरलाई सन्तुलनमा राख्छ
- रगतबाट फोहोर र विषाक्त पदार्थहरू फिल्टर गर्छ
- रक्तचाप नियन्त्रण गर्ने हर्मोन निकाल्छ
- हड्डीहरूलाई स्वस्थ राख्न भिटामिन डीलाई सक्रिय बनाउँछ
- रातो रक्त कोशिकाहरूको उत्पादनलाई निर्देशित गर्ने हर्मोन निस्कासन गर्छ
- रगतमा मिनिरलहरूको स्तरलाई सन्तुलनमा राख्छ (सोडियम, फोस्फोरस, पोटासियम)
मिर्गौला रोगले निम्त्याउन सक्ने ७ समस्याहरू
- मुटु रोग
- हृदयघात र स्ट्रोक
- उच्च रक्तचाप
- कमजोर हड्डी
- नशामा क्षति (न्यूरोपैथी)
- मिर्गौला फेलियर (अन्तिम चरणको मिर्गौला रोग, वा ईएसआरडी)
- एनीमिया वा कम रातो रक्त कोशिका गणना
मुख्य जोखिमका ५ कारक:
- मधुमेह (तपाईं वा तपाईंको परिवारमा)
- उच्च रक्तचाप (तपाईं वा तपाईंको परिवारमा)
- हृदय रोग (तपाईं वा तपाईंको परिवारमा)
- मिर्गौला विफलता पारिवारिक इतिहास
- मोटोपना
अतिरिक्त जोखिमका कारक
- उमेर ६० वा माथि
- कम जन्म वजन
- दुखाइ कम गर्ने औषधीको लामो समयसम्म प्रयोग
- लुपसका साथै अन्य अटोइम्यून विकारहरू
- बारम्बार मूत्रनलिमा संक्रमण
- मिर्गौलाको पत्थरी
सम्भावित समस्याका संकेतहरू
प्रारम्भिक मिर्गौला रोग भएका अधिकांश मानिसहरूमा कुनै लक्षणहरू देखिँदैनन्, त्यसैले प्रारम्भिक पहिचान महत्त्वपूर्ण हुन्छ। लक्षणहरू देखा पर्दा, मिर्गौला रोग विकसित अवस्थामा पुगिसकेको हुनसक्छ, र लक्षणहरूले झनै द्विविदा पार्न सक्छन् । यी कुरामा ध्यान दिनुहोस्:
- थकान, कमजोरी
- पिसाब फेर्न गाह्रो र पीडादायी
- फोमयुक्त पिसाब
- गुलाबी, गाढा पिसाब (पिसाबमा रगत)
- अस्वभाविक रुपमा तिर्खा बढेमा
- अस्वभाविक रुपमा पिसाब लागेमा (विशेष गरी रातमा)
- आँखा पोल्ने
- अनुहार, हात, पेट, खुट्टा सुन्निएमा
३ सरल परीक्षणहरू
रक्तचाप (बीपी परीक्षण)
उच्च रक्तचापले मिर्गौलामा रहेका साना रक्तनलीहरू (ग्लोमेरुली) लाई क्षति पुर्याउन सक्छ। यो मधुमेह पछि मिर्गौला विफलताको दोस्रो प्रमुख कारण हो। रक्तचाप १४०/९० भन्दा तल हुनु धेरै मानिसहरूको लागि राम्रो हुन्छ। यदि पुरानो मिर्गौला रोग छ भने १३०/८० भन्दा तल भएको राम्रो हुन्छ। १२०/८० भन्दा तल सबैभन्दा राम्रो मानिन्छ।
पिसाबमा प्रोटिन (पिसाब परीक्षण)
पिसाबमा एक प्रकारको प्रोटिन, एल्बुमिन (अल्बुमिनुरिया) देखिनु मिर्गौला रोगको प्रारम्भिक लक्षण हुनसक्छ। पिसाबमा एल्बुमिन र अन्य प्रोटिनको नियमित (प्रोटिन्युरिया) देखिनुले मिर्गौला क्षति भएको संकेत गर्छ।
ग्लोमेरुलर फिल्टरेसन दर (जीएफआर) (रक्त परीक्षण)
यसले मिर्गौलाले रगतलाई कत्तिको राम्रोसँग फिल्टर गरिरहेको छ भन्ने मापन गर्छ। डाक्टरहरूले रगतमा क्रिएटिनिनको स्तर नाप्छन् र ग्लोमेरुलर फिल्टरेशन रेट (जीएफआर) पत्ता लगाउन गणना गर्छन्।
मिर्गौला रोग भएकाले गर्नैपर्ने ६ कुरा
- उच्च रक्तचापलाई कम गर्ने
- रगतमा चिनीको स्तरलाई व्यवस्थापन गर्ने
- नुन सेवन कम गर्ने
- दुखाइ कम हुने औषधिको अनावश्यक प्रयोग नगर्ने
- प्रोटीनयुक्त खाना थोरै खाने
- वार्षिक रुपमा फ्लू विरुद्धको खोप लगाउने
सबैले गर्नैपर्ने ९ कुरा
- नियमित व्यायाम गर्ने
- तौल नियन्त्रण गर्ने
- सन्तुलित आहार खाने
- धुम्रपान नगर्ने
- आवश्यकभन्दा बढी पानी नपिउने
- जलवियोजन हुन नदिने
- कोलेस्ट्रोलको स्तरलाई निगरानी गर्ने
- सधैं व्यायाम गर्ने
- आफ्नो परिवार चिकित्सा इतिहास थाह पाउने
(नेसनल किड्नी फाउन्डेसनले प्रकाशन गरेको सामाग्रीबाट अनुवाद गरिएको ।)