कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६८

मेयर बालेनले ल्याए कवितासंग्रह

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले जन्मदिनको अवसर पारेर कवितासंग्रह ‘अश्र’ सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमा शुक्रबार कवितासंग्रहको एक तस्बिर सार्वजनिक गर्दै मेयरले जन्मदिनको शुभकामना दिने सबैलाई धन्यवादसमेत दिएका छन् ।

मेयर बालेनले ल्याए कवितासंग्रह

‘अश्र’मा बालेनले रचना गरेका एक सयभन्दा बढी कविता संग्रहित छन् । संग्रहको पहिलो खण्डमा प्रेम, दोस्रोमा प्रेम–वियोग, तेस्रोमा राजनीति र चौथोमा दर्शनसम्बन्धी छोटा–छोटा कविता समावेश छन् ।

कविता संग्रहका हरेक पृष्ठमा कवितासँग मिल्दा स्केच पनि समावेश गरिएका छन् । ६६६ रुपैयाँ मूल्यको कवितासंग्रह बुकहिल पब्लिकेसन प्रालिले प्रकाशन गरेको हो । कवितासंग्रह शनिबारदेखि बजारमा उपलब्ध हुने बालेनले जनाएका छन् ।


प्रकाशित : वैशाख १४, २०८१ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?