२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८७

सामसुङ ग्यालेक्सीका दुई नयाँ स्मार्टफोन 

काठमाडौँ — सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी ए ५५ फाइभजी र ग्यालेक्सी ए ५५ फाइभजी स्मार्टफोनहरू अनावरण गरेको छ । यी स्मार्टफोनले बढीभन्दा बढी ग्राहकलाई अत्याधुनिक मोबाइल इनोभेसन प्रदान गर्ने कम्पनीले जनाएको छ ।

सामसुङ ग्यालेक्सीका दुई नयाँ स्मार्टफोन 

दुवै उपकरणमा उच्च सुरक्षा सुविधाका साथै ग्यालेक्सीको फ्ल्यागसिप क्यामराको इनोभेसनबाट प्रेरित नयाँ फोटोग्राफी क्षमता र भिजन बुस्टरका साथ प्रयोगकर्ताको परिवेशअनुरूप समायोजन हुने डिस्प्ले रहेको कम्पनीको दाबी छ ।

ग्यालेक्सी ए ५५ फाइभजी र ग्यालेक्सी ए ५५ फाइभजीले प्रतिस्पर्धी मूल्य बिन्दुमा उच्च प्रविधि उपलब्ध गराउने कम्पनीले बताएको छ । ८/१२८ जीबीको उच्च प्रविधि प्रदान गर्दै ग्यालेक्सी ए ५५ फाइभजीको मूल्य ४६ हजार ९ सय ९९ र ८/२५६ जीबीको स्मार्टफोनको मूल्य ५१ हजार ९ सय ९९ निर्धारण गरिएको कम्पनीको भनाइ छ ।

यसैगरी ८/२५६ जीबीको ग्यालेक्सी ए ५५ फाइभजीको मूल्य ६२ हजार ९ सय ९९ र १२/२५६ जीबीको मूल्य ६७ हजार ९ सय ९९ रहेको पनि कम्पनीले जनाएको छ ।

प्रकाशित : चैत्र ६, २०८० ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?