१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना बजारमा 

काठमाडौँ — नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक गरेको छ ।  इन्स्योरेन्सको प्रधान कार्यालय कमलादीमा मंगलबार आयोजित एक कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उक्त बीमा योजनाको अनावरण गरे ।

नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना बजारमा 

बालबालिकाहरूको लागि स्थिर र समृद्ध भविष्य सुनिश्चित गर्ने अभिभावकको आवश्यकता परिपूर्ति गर्न नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना कम्पनीले ल्याएको हो । यो योजना मार्फत आमाबाबुले आˆनो बच्चाको सुनौलो भविष्य, गुणस्तरीय शिक्षा सुरक्षित छ भनी सुनिश्चित गर्न सक्नेछ । शैक्षिक खर्चदेखि लिएर बलियो आर्थिक सुरक्षा यस बीमा योजनाले प्रदान गर्ने कम्पनीले जनाएको छ ।

बीमित बालबालिकाको प्रवेश उमेर १ महिना (३० दिन पछि) देखि १७ वर्ष सम्म रहने र प्रस्तावकको प्रवेश उमेर २१ वर्ष देखि ६५ वर्ष सम्म रहनेछ । न्यूनतम बीमा शुल्क भुक्तानी अवधि ५ वर्ष देखि अधिकतम बीमाशुल्क भुक्तानी अवधि २५ वर्ष सम्म हुनेछ । यो योजनाको न्यूनतम बीमाकं रकम २५ हजार रुपैयाँ तथा अधिकतम बीमाकं रकम आयश्रोतको आधारमा निर्धारण गर्न सकिनेछ ।

यस योजनामा प्रस्तावकको बीमा प्रारम्भ भएको मिति देखि जोखिम प्रारम्भ हुनेछ भने बालबालिकाको बीमा प्रारम्भ भएको मितिले २ वर्ष पछि वा बच्चाको उमेर पाँच वर्ष पूरा भए पछिको बीमालेखको वार्षिकोत्सव वा जुन अगाडी आउँछ सोही देखि जोखिम प्रारम्भ हुनेछ ।

प्रकाशित : वैशाख १२, २०८१ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?