१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८१

ठमेल र दरबारमार्ग २४ सैँ घण्टा खुलाउने व्यवसायीको घोषणा

काठमाडौँ — व्यवसायीहरुले काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सैँ घण्टा खुलाउने घोषणा गरेका छन् । बिहीबार ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले पत्रकार सम्मेलन गर्दै ठमेल र दरबारमार्ग क्षेत्रको व्यापार व्यवसाय २४ सैँ घण्टा सञ्चालन हुने घोषणा गरेका हुन् ।

ठमेल र दरबारमार्ग २४ सैँ घण्टा खुलाउने व्यवसायीको घोषणा

परिषद् र बोर्डले जिल्ला प्रशासन कार्यालय काठमाडौंले बनाएको आचारसंहिता बमोजिम कानूनको परिधिभित्र रहेर दरबारमार्ग र ठमेल २४ सैँ घण्टा व्यवसाय सञ्चालन गराउने जनाएका छन् ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले दरबारमार्ग र ठमेल २४ सैँ घण्टा व्यवसाय सञ्चालन गर्दा आर्थिक रुपमा चलायमान र थप रोजगारी सिर्जना हुने बताए । उनले अहिले ठमेलमा मात्रै ८ हजार भन्दा बढी व्यवसायमा ६० हजारले रोजगारी पाएको बताए ।

उनले दरबारमार्ग जस्तो ठमेलमा २४ सैँ घण्टा व्यवसाय सञ्चालन गर्न सहज भने नहुने बताए । उनले परिषद्‌ले ठेमललाई व्यवस्थित बनाएर आकर्षणको केन्द्र बनाउन चाहेको दाबीसमेत गरे ।

दरबारमार्ग विकास बोर्डका संयोजक सञ्जय अधिकारीले दरबारमार्गमा करिव २ सय व्यवसायी रहेको बताए । उनले करिव ७ हजार भन्दा बढी रोजगारी पाएको बताए ।

प्रकाशित : चैत्र २९, २०८० १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?