कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

संवैधानिक आयोगका अध्यक्ष सिफारिसप्रति कांग्रेसकाे असहमति : सुनुवाइ समिति बैठक बहिष्कार

काठमाडौँ — कांग्रेसले पाँच वटा संवैधानिक आयोगका अध्यक्ष सिफारिसप्रति असहमति जनाउँदै संसदीय सुनुवाइ समिति बैठक बहिष्कार गरेकाे छ ।

संवैधानिक आयोगका अध्यक्ष सिफारिसप्रति कांग्रेसकाे असहमति : सुनुवाइ समिति बैठक बहिष्कार

आइतबार बोलाइएको सुनुवाई समिति बैठकमा कांग्रेसले लिखित असहमति पत्र पठाउँदै बहिष्कार गरेकाे जनाएकाे हाे । विभिन्न ५ संवैधानिक आयोगका लागि प्रस्तावित अध्यक्षविरुद्ध उजुरी आह्वान गर्न आज संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको थियो ।

विपक्षी दलको नेतालाई कुनै सूचना नदिई संवैधानिक आयोगका अध्यक्षहरु सिफारिस गरेकाले संवैधानिक परिषद्को सिफारिस गैर कानुनी भएको असहमति पत्रमा उल्लेख छ ।

संविधानको धारा २८४ अनुसार संवैधानिक परिषद् सदस्यमा विपक्षी दलकाे नेता सदस्य रहने व्यवस्था छ । संवैधानिक परिषद् सम्बन्धी एेनमा परिषद्काे बैठक बस्नु भन्दा ४८ घण्टा अगावै सदस्यहरुलाई सूचना पठाउनु पर्ने व्यवस्था छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गत माघ ६ गतेकाे संवैधानिक परिषद् बैठकले संविधानमा नयाँ व्यवस्था गरिएका चार समावेशीसहित पाँच संवैधानिक आयोगमा अध्यक्ष सिफारिस गरेको थियाे ।

का‌ंग्रेसले आइतबार संवैधानिक परिषद्‌मा पठाएकाे असहमति पत्र ।

याे पनि पढ्नुहाेस् :

पाँच आयोगमा अध्यक्ष नियुक्त गर्न सिफारिस, वित्तमा पौडेल, समावेशीमा सुवेदी, मधेसीमा दत्त, थारूमा चौधरी र मुस्लिममा अन्सारी

प्रकाशित : माघ २०, २०७५ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?